२०८० चैत्र ६ गते मङ्गलवार

तीन सुरक्षा निकाय र स्थानीयकाे प्रयासले भिषण अागलागि नियन्त्रण,जाेगिए बस्ती



डाेल्पा ९ पुस
हिमाली जिल्ला डाेल्पामा तीन सुरक्षा निकाय र स्थानीयकाे संयुक्त प्रयासले भिषण अागलागि नियन्त्रणमा लिईएकाे छ ।
ठुलिभेरी नगरपालिका वडा नं ९ अन्तर्गत पर्ने अमल्दानी सामुदायिक वन क्षेत्रमा लागेकाे भिषण अागलागि सुरक्षाकर्मी र स्थानीयकाे प्रयासबाट बल्लतल्ल नियन्त्रणमा लिईएकाे हाे ।
ईश्वरी बक्स गुल्म सुलिगाड,नन्द बक्स गण घ गुल्म दुनै,शसस्त्र प्रहरी तथा नेपाल प्रहरी र स्थानीय रकाे सहयाेगमा समयमै अागाे नियन्त्रणमा लिएपछि घना बस्ती भएका डाँगीबाडा,रुपगाड,कालागाैँडा लगायतका बस्तीहरु ठुलाे जाेखिमबाट बचेकाे सेनाले जनाएको छ ।
स्थानीयलाई अागलागि नियन्त्रण सम्बन्धि जनचेतनाका
साथै पुर्व सचेतनाका उपायहरु सिकाउन अत्यावश्यक रहेकाे सेनाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष ९ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?