
डाेल्पा ८ पुस:
बेराेजगार युवालाई स्वराेजगार बनाउने उदेश्यले राेजगारीकाे ग्यारेन्टी सहित निशुल्क ईलेक्ट्राेनिक तालिम सञ्चालन हुने भएकाे छ ।
मोबाइल,ल्यापटप, हार्ड डिस्क रिपेयरिङका क्षेत्रमा स्थापित थ्रिकम केयर कम्पनीले उक्त तालिम सञ्चालन गर्न लागेको हाे ।
युवा जमातकाे बड्दाे विदेश पलायन राेक्नकालागि अागामि माघ भित्रै १५ जना युवालाई ईलेक्ट्राेनिक सामान मर्मत सम्बन्धि नि:शुल्क तालिम प्रदान गरिने कम्पनीले जनाएको
छ ।
कम्पनीका सञ्चालक विपिन जैसवालका अनुसार तालिम लिनकालागि जुनसुकै जिल्लाका बेरोजगार युवाहरुले सम्पर्क गर्न सक्नेछन् ।
त्यतिमात्र नभई तालिमप्राप्त युवाहरुलाई थ्रिकम कम्पनीमै राेजगारी दिने ग्यारेन्टी समेत दिईएकाे उनकाे भनाई छ ।
बिगत ७ वर्षदेखी मोबाइल,ल्यापटप रिपेयरिङका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा विक्रि, वितरण गर्दै आएको यस कम्पनिले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गर्न पाउनु गर्वको कुरा भएकाे सञ्चालक जैसवालले बताए ।
बढ्दो युवा पलायन रोक्नका लागी नेपाल सरकारले नै विशेष पहल गर्न ढिलाई गरेकाे महशुस भएपछि याे कार्यक्रम ल्याएकाे कम्पनीकाे भनाइ छ ।
सम्पर्क
बिपिन जयसवाल
सञ्चालक, थ्रिकम केयर
९८०१०३७०४०/ ९८५१२३७०४०