
डोल्पा ४ पुष
रामचन्द्र न्यौपाने
जिल्ला अस्पताल डोल्पामा कार्यरत सात जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।
कर्णाली प्रदेश सरकार अन्तर्गतको स्वास्थ्यसेवा कार्यालय जिल्ला अस्पताल डोल्पाको प्रथम बार्षिक उत्सव समारोहको अवसरमा स्वास्थ्यकर्मीहरु सम्मानित भएकाहुन् ।
सम्मानितहुनेमा महिला प्रजनन तथा स्त्रि रोग विशेषज्ञ डाक्टर शंकरप्रसाद राउत,ऐनेस्थेसियाका असिस्टेन्ट सुरेन्द्र शाह,डाक्टर मेलिना हमाल,स्टाफ नर्स दिलु कुमारी बुढा,अहेव कर्ण विक,एक्सरे फाँटका लालकृष्ण बुढा सहयोगि हरि बिक रहेका छन् ।
अस्पतालको सेवा प्रवाहमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै नगत,प्रमाण–पत्र सहित सम्मान गरिएको हो ।
अस्पतालमा कार्यरत अहेव कर्ण बिकलाई बर्षकै उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।
उनलाई सम्मानस्वरुप प्रमाण–पत्र सहित नगत पन्ध्र हजार प्रदान गरिएको अस्पतालले जनाएको छ ।
सम्मानले आफुहरुलाई काम गर्न थप हौसला प्रदान गरेको स्वास्थ्यकर्मीहरुले बताएकाछन् ।
त्यसैगरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकाय पनि सम्मानित भएकाछन् ।
रोकायलाई अस्पताल व्यवस्थापनमा कुशल एवं शसक्त भुमिका निर्वाह गर्दै आएको भन्दै सम्मान गरिएको हो ।
सम्मानितहुने सबै कर्मचारीलाई कार्यक्रमका सभाअध्यक्ष तेजेन्द्र बहादुर रोकाय र प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर अविर,खादा र प्रमाण पत्रले सम्मान गरेका थिए ।
बार्षिक उत्सवका अवसरमा अस्पतालद्धारा विभिन्न मितिमा आयोजित कार्यक्रममा उत्कृष्ट स्थान हाँसिल गरेका स्वास्थ्यकर्मीहरुलाई समेत मेडल प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला स्थित कार्यलय प्रमुखहरुहरुको उपस्थिति रहेको थियो भने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख डाक्टर सिजन रावल,जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढा,अस्पताल व्यवस्थापन प्रमुख तेजेन्द्र बहादुर रोकाय,नागरिक समाजका अध्यक्ष शेर बुढा लगायतते मन्तव्य राखेका थिए ।