
डोल्पा २० मंसिर
हिमाली जिल्ला डोल्पाको एक स्थानीय तहले सुचनाको हक कार्यन्वयनमा असहयोग गरेको गुनासो गरिएको छ ।
यहाँको ठुलिभेरी नगरपालिकाले संविधानप्रद्धत अधिकारमा पर्ने सुचनाको हक कार्यन्यनमा समेत असयोग गरेको भन्दै सदरमुकाम दुनैमा पत्रकार सम्मेलन गर्दै गुनासो पोखिएको हो ।
तीन वर्ष यताको नगरसभाबाट पारित विकास बजेट,कर्मचारी खर्च विवरण लगायतका सम्पुर्ण कार्यक्रमहरुबारे सुचनाको हक प्रयोग गरेर जानकारी लिन खोज्दा सुचना नदिएको स्थानीय युवा प्रेमबहादुर बोहोराले जानकारी दिनुभयो ।
सुचनाको प्यासमा ७५ दिनसम्म नगरपालिकाका विभिन्न फाँट धाँउदा समेत सुचना नपाईएकाले बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको उहाँको भनाई छ ।
“देशको मुल कानुनमै सुचनाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ,तर ठुलिभेरी नगरपालिकाले संविधानप्रद्धत कुरालाई समेत व्यवास्ता गरि अटेर गरिरहेको छ”बोहोराले भन्नुभयो ।
“नगरपालिकाका हरेक गतिविधिमा गलत भएकै कारण सुचना दिन करिब तिन महिनासम्म आलटाल गरिरहेको ”हो उहाँले थप्नुभयो ।
नगर केन्द्र बिवादको फाईदा उठाउँदै नगरप्रमुखले आफ्नै डोजर प्रयोग गरि विकासमा अनियमितता गरेको,व्यक्तिगत योजना बाँडेको,वडामा छुट्याईएको विकास बजेटको दुरुपयोग गरेको,कर्मचारीहरु सेवा प्रवाहमा कर्तव्यनिष्ठ नभएका लगायतका थुप्र आरोपहरु पत्रकार सम्मेलन मार्फत लगाईएको छ ।
अर्का स्थानीय युवा हरिनन्द बोहोराले आफुहरु कुनै पनि राजनितिक दलको उस्कावटका आधारमा भएर एक सचेत युवाको रुपमा संविधानले दिएको अधिकारमात्रै प्रयोग गर्न खोजेको बताउनुभयो ।
“एक हप्तामा पाईने सुचना करिब ३ महिना कुर्दा पनि नपाईएकाले थप अब एकहप्तामा सुचना माग गरेका छौ,यदि अब पनि सुचना पाईएन भने राष्ट्रिय मानव अधिकार आयोग,सुचना आयोग लगायतका सम्बन्धित निकाय पुग्ने छौँ” उहाँले भन्नुभयो ।
पार्टीगत रुपमा कुरा गर्दा आफुहरु फरक–फरक पार्टीमा आवद्ध भएतापनि नगरपालिकाको शुसासन,सम्भावना र विकासको पक्षमा एकढिक्का भएर अघि बड्ने युवा जितेन्द्र शाहीले बताउनुभयो ।
यता नगर प्रमुख गणेश बहादुर शाहीले पत्रकार सम्मेलनमा भनिए जस्तै नगरपालिकाको काममा आफ्नो डोजर प्रयोग नभएको बताउँदै पहिलेनै अर्कैको जिम्मा लगाईसकेको बताउनुभयो ।
सुचनाको हक कार्यन्वयनका बिषयमा नगरपालिकाले असहयोग नगरेकाले नियमसंगत रुपबाट सुचना अधिकारीलाई भेटेर चाहेको सुचना लिन सकिने उहाँको भनाई छ ।
जिल्लामा सुचनाको हक कार्यन्व्यनमा थुप्रै चुनौति देखिए पनि यसलाई ढिला चाँडो नागरिकस्तरमा स्थापना गरेर छोड्ने उपस्थित युवाहरुले बताए ।