२०७८ कार्तिक २ गते मङ्गलवार

दुई हप्तासम्म पनि खुलेन डोल्पा जोड्ने मुख्य सडक



डोल्पा २२ कात्तिक
डोल्पा जोड्ने मुख्य सडक अन्तर्गत पर्ने जाजरकोट–डोल्पा सडकखण्डको खदाङ्ग–त्रिवेणी खण्ड दुई सातासम्म पनि खुल्न सकेको छैन् ।
त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै दुई सय मीटर माथिबाट खसेको भिषण सुख्खा पहिरोका कारण अवरुद्ध भएको उक्त सडक दुई साता बितिसक्दा समेत खुल्न नसकेको हो ।
निरन्तर रुपमा माथिबाट सुख्खा पहिरो खसिरहेकाले सडक खुलाउन निकैनै समस्या भइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
पहिरो पन्छाउनकालागि एक साता देखि दुई वटा डोजर प्रयोग गरिए पनि निरन्तर खसिरहेको पहिरोका कारण सडक खुलाउन नसकिएको वडा नं ६ का सदस्य अमृत सार्कीले जानकारी दिनुभयो ।
“लगातार डोजर प्रयोगपछि पहिरो घट्छ,फेरी खसेर जस्ताको तस्तै बनाई दिन्छ,काम गर्न निकै समस्या भएको छ”सार्कीले भन्नुभयो ।
पहिरो पन्छाउँदा पन्छाउँदै नगरपालिकाको डोजर आंशिक रुपमा पुरिएको र अर्को डोजर प्रयोग गरि निकालिएको वडा सदस्य सार्कीले बताउनुभयो ।
पहिरो ठुलो भएकाले ज्यानै जोखिममा राखेर काम गर्दा समेते पन्छाउन नसकिएको डोजर चालकको गुनासो छ ।
सुख्खा पहिरोले सडक आसपासको पचास मीटर सडक पुर्ण रुपमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
सामाग्री ढुवानी ठप्प
सुख्खा पहिरोका कारण दुई साता देखि अवरुद्ध सडक खुल्न नसकेपछि जिल्लामा दैनिक उपभोग्य सामग्री ढुवानी ठप्प भएको छ ।
सडक नखुलेकै कारण दुर्गमका जनतालाई सरकारल् उपलब्ध गराउँदै आएको सहुलियतको चामल समेत ढुवानी रोकिएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी डोल्पाले जनाएको छ ।
दैनिक उपभोग्यबस्तु तथा यात्रु बोकेर खदाङ्ग लागि हिँडेका जीप,ट्रयाक्टर लगायतका सवारी साधनहरु बिच पहिरो नजिकै आएर रोकिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
शुक्रवार जोखिम मोलेर तीनवटा ट्रयाक्टर र केही गाडी पास भएपनि निर्धक्क आवत–जावत गर्ने अवस्था सडक पुर्ण रुपमा खुलेपछि मात्रै रहने उहाँले प्रष्ट पार्नुभयो ।
नजिकिँदै गरेको तिहारकालागि आवाश्यक चामल,तेल,माला लगायतका सामानहरु ढुवानीहुन सकेको छैन भने भएको सामानमा व्यापारीले मुल्य बडाएर बेच्न थालेकाछन् ।
बाटोको कारण बजारमा सामान महंगिन थालेपछि उपभोक्ता मारमा परेकाछन् ।
जिल्लामा मानिस आवागमन गर्ने देखि सबै प्रकारका दैनिक उपभोग्य सामाग्रिहरु सस्तोमा ढुवानी गर्ने सजिलो एवं भरपर्दो सडकलाई यथासिघ्र खुलाउन सडक विभागलाई डोल्पालीको माग छ ।
अत्यावश्यक कामले आवतजावत गर्ने मानिसहरु ज्यान जोखिममा पारेर पहिरोबाटै हिँड्न बाध्य भएको स्थानीयले बताए ।
सडक नखुलेर सवारी साधन ठप्प भएपछि सामान ओसार–पसार गरेर दैनिक गुजारा चलाउने मजदुरुहरु सबैभन्दा मारमा परेका छन् ।
अझै लामोसमय सडक अवरुद्ध भए जिल्लामा खाद्यान्न संकटहुनसक्ने आँकलन समेत गरिएको छ ।रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ कार्तिक २२ गते शनिवार