२०८० मङ्सिर १३ गते बुधवार

हटाइएन डोल्पा भित्रने मुख्य सडकको पहिरो,आवत–जावत ठप्प



डोल्पा १३ कात्तिक
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कुच्ची भिर नजिकै खसेको भिषण सुख्खा पहिरो तीन दिनसम्म हटाईएको छैन् ।
जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत पर्ने खदाङ्ग–त्रिवेणी खण्डमा खसेको सुख्खा पहिरो तीन दिनसम्म पनि नहटाइएको हो ।
करिब दुई सय मीटर माथिबाट खसेको पहिरोको कारण ५० मीटर सडक पुर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
जिल्लामा मानिस आवागमन गर्ने देखि सबै प्रकारका दैनिक उपभोग्य सामाग्रिहरु सस्तोमा ढुवानी गर्ने सजिलो एवं भरपर्दो सडक नखुल्दा प्राकृतिक नाकाबन्दी जस्तै भएको खदाङ्गका स्थानीयको भनाई छ ।
सुख्खा पहिरोका कारण रुकुम(पश्चिम)बाट जिल्ला भित्रने सबै प्रकारका सवारी साधन तथा मानिस आवत–जावत पुर्णरुपमा ठप्प भएको स्थानीय मोतिप्रसाद उपाध्यायले बताए ।
अत्यावश्यक कामले जिल्ला छोड्न लागेका मानिसहरु ज्याननै जोखिममा पारेर पहिरोबाटै आवत जावत गर्न बाध्य भएको उपाध्यायको भनाई छ ।
पहिरोका कारण सवारी साधन ठप्प भएपछि सामान ओसार पसार गरेर दैनिक गुजारा चलाउने मजदुरुहरु समेत मारमा परेकाछन् ।
सडक नखुल्दा दैनिक उपभोग्यबस्तु तथा यात्रु बोकेर खदाङ्ग लागि हिँडेका जीप,ट्रयाक्टर लगायतका सवारी साधनहरु बिच बाटोमै अलपत्र परेकाछन् ।
अहिले पनि निरन्तर रुपमा पहिरो खसिरहेकाले दुबैतिरबाट डोजर लगाएर पनि सजिलै पहिरो हटाउन सक्ने अवस्था नरहेको वडा नं ६ का वडा सदस्य अमृत सार्कीले जानकारी दिए ।
पहिरो हटाउनका लागि भन्दै बुधवार बेलुकीनै आफ्नो डोजर पठाईसकेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?