२०८० असोज ९ गते मङ्गलवार

सांसद शाहीद्धारा दलित बालवालिकालाई आर्थिक सहयोग



डोल्पा ७ कात्तिक
डोल्पा प्रदेश क्षेत्र नं ख बाट निर्वाचित सांसद बिरबहादुर शाहीले जिल्लाको एक वालविकास केन्द्रमा अध्ययनरत दलित बालवालिकालाई आर्थिक सहयोग गरेकाछन् ।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका वडा नं ७ शर्मी गाउँमा रहेको सिटिजन्स वालविकास केन्द्रमा अध्ययनरत ६३ घर परिवारका बालवालिकालाई आधा महिनाको तलब सहयोग गरेकाहुन् ।
विपन्न एवं दलित बालवालिकाको सुनौलो भविश्यको कामना गर्दै विद्यालय पोसाक किन्नकालागि बिस हजार नगत सहयोग गरेको सांसद शाहीले बताए ।
विकासको प्रमुख आधारनै शिक्षा क्षेत्र भएको बताउँदै शिक्षामा लगानि गर्दा खेर नजाने बताए ।
समाजमा सबैभन्दा पिछडिएको बर्ग दलित समुदाय भएकाले उनिहरुको आर्थिक,सामाजिक एवं शैक्षिक उत्थानकालागि राज्य गम्भिर बन्नुपर्ने उनको भनाई छ ।
सांसद शाहीले डोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित पुर्व राज्यमन्त्री धनबहादुर बुढाले सांसद विकास कोषबाट बिनियोजन गरेको बिस लाख र सांसद शाही आफैले सांसद विकास कोषबाट बिनियोन गरेको बिसलाख गरेर कुल चालिस लाखमा बनेको अन्नपुर्ण मावि शर्मीको छात्रावास भवन उद्घाटन समेत गरे ।
सांसद शाही भ्रष्टाचार बिरोधि एवं जतिखेर पनि जनताका समस्या सुन्न र समाधान गर्न तत्पर रहेने जनप्रयि नेताको रुपमा परिचित छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?