
डोल्पा ४ कात्तिक
तीनै तहका सरकारबाट सञ्चालित विकास योजनाको प्रभावकारीता मुल्याङ्कन गर्नकालागि सांसद शाही गाउँमा पुगेकाछन् ।
जिल्लाको प्रदेश क्षेत्र नं ख वाट निर्वाचित सांसद बिरबहादुर शाही विकास योजनाको प्रभावकारी मुल्याङ्कन सँगै जनगुनासा सुन्न गाउँमा पुगेकाहुन्।
तल्लो डोल्पामा पर्ने मुड्केचुला गाउँपालिका पर्ने नर्कु,इल,शर्मी लगायतका गाउँमा अनुगमन जारी रहेको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
सांसद शाहीले संघिय,प्रदेश र स्थानीय सकारबाट परेका विकास आयोजनाहरुको अनुगमन गर्नुका साथै विकासप्रतिका जनताका धारणाहरु बुझेको शाहीको भनाई छ ।
यससँगै आव ०७७÷०७८ मा खर्च गर्नुपर्ने निर्वाचन क्षेत्र विकास कोषको ५ करोड रकम बाँडफाँड गर्न जनताका आवाश्यक्ता समस्या के–केस्ता छन परामर्श समेत गर्ने गरिएको बताइएको छ ।
दशै,तिहाँरसम्म आफ्नो निर्वाचन क्षेत्रमा पर्ने जगदुल्ला गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका लगायतका सम्पुर्ण स्थानीय तहमा सञ्चालित विकास योजनाको अनुगमन गर्ने र घरदैलोमै पुगेर जनता गुनासा सुन्ने कार्यक्रम रहेको सांसद शाहीले बताए ।
आफु निर्वाचित भएदेखि नै भ्रष्टाचार विरुद्ध लागि रहेकाले अनुगमनका क्रममा विकास योजनामा अनियमित भएको पाईएमा तुरुन्त कारवाही हुने शाहीको भनाई छ ।
निर्वाचन क्षेत्रका जनतालाई आत्मनिर्भर बनाउने किसिमका भावि योजना के हुन सक्छन जनताबाट राय सल्लाह लिएर सोही अनुसार पहल समेत गर्ने उनले बताए ।
अनुगमनका क्रममा पुगेका सांसद शाहीले मुड्केचुला गाउँपालिका ६ मा बनाइएको असल शासन युवा क्लवको भवन समेत उद्घाटन गरेकाछन् ।