
डोल्पा २ कात्तिक
उमेरले ५० बर्ष टेक्नै लागेका उपल्लो डोल्पाका नेयार भोटेलाई पिर परेको सहजै अनुमान गर्न सकिन्छ ।मलिन अनुहार,गरिबि प्रतिको ग्लानी अनि राज्यप्रतिको आक्रोसले उनको पिरलाई अझ प्रष्ट देखाइ दिन्छ ।तर,उनको पिर ठुलै बस्तु गुमाएर वा पाउन नसकेर भने पक्कै होईन् ।डोल्पोबुद्ध गाउँपालिका १ मा पर्ने धो मा बस्दै आएका उनि विहान बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने पिरले गाँजिएका छन् ।उनको आठ जनाको परिवार छ ।
उनकै भरमा परिवार पालिएको छ ।“कोरोनाका कारण यार्सागुम्बा टिप्न पाइएन्,चिनसँगको नाका पनि खुलेन, ढुवानीको जिम्मा पाएका ठेकेदारले चामल ढुवानी पनि गरेनन्, हामिहरुलाई छाक टार्नै समस्या भयो”उनले भने ।“उपल्लो डोल्पालीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न नपाए पछि पैसा देख्नै मुश्किल छ,किनेरै खान पाए पनि कसरी खानु ।”भोकै बस्न सकिँदैन्,तल्लो डोल्पाबाट ल्याइएको बजारीया चामल छत्तिस प्रतिशत ब्याज जोड्ने गरि उधारामो किनेर खाने गर्छौ ।तीस किलोको मात्रै छ हजार तिर्नुपर्छ,त्यहि चामल तल्लो डोल्पामा पन्ध्रसय देखि दुई हजारसम्म पर्छ ।रकम चुक्ता नगरुञ्जेलसम्म छत्तिस प्रतिशतका दरले ब्याज जोडि रहन्छ ।गाउँमा चामल खाएको मात्रै बिस लाखसम्म उधारो तिर्ने मान्छेहरु पनि छन् ।मैलेमात्रै तीन जना साहुसँग चामल खाएको तीन लाख भैसक्यो,अझै चार पाँच लाख थपिने अनुमान गरेको छु भोटेले भने
।
कोरोनाका कारण यार्सागुम्बा नखुल्नुका साथै चीनले रुट परमिड नदिएर सहुलितयको सरकारी चामल नआएपछि उपल्लो डोल्पामा यस्तो अवस्था आएको हो।राज्यले उपल्लो डोल्पाबासीको पिडा नदेखेको भन्दै उनले दुख ब्यक्त गरे ।नेयार जस्तै नाग्मा गुरुङ्ग र तुण्डुप मगरको पिर पनि एउटै हो ।चामल नभएकाले सात जनाको परिवार कसरी पाल्ने भन्दै तुण्डुप मगरले चिन्ता व्यक्त गरे ।“अनाजको नाममा उवा र आलुमात्र हुन्छ,अरु नुन,खुर्सानी देखि चामल दाल सबै अन्यत्रबाट किनेर खानुपर्छ,साच्चिकै उपल्लो डोल्पालीलाई जिविकोपार्जनमै ठुलो संघर्ष गर्नुपर्छ”उनले भने ।कात्तिकमै खाद्य संकट परिसक्यो अर्को यार्सा सिजनसम्म कसरी दिन काट्ने मगरले चिन्ता व्यक्त गरे ।
सरकारलाई निशुल्क खाद्यान्न पठाइदिन उनले आग्रह गरेकाछन् ।गाउँपालिकामा दश प्रतिशत नागरिक बाहेक अधिकाशं पिडा उस्तै भएको उनको भनाई छ ।उपल्लो डोल्पाबासीका लागि खाद्यान्न लैजान खाद्य ब्यवस्था तथा व्यापार कम्पनीले चीनिँया बाटोहुँर्दै मोरिम्ला र क्याटो नाकासम्मको अनुमति नपाए पछि खाद्यान्नको चरम संकट परेको हो ।यस बर्ष आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न नपाएपछि स्थानीय साहुसँग छत्तिस प्रतिशत ब्याजमा चामल खान बाध्य भएको वडा नं ३ का अध्यक्ष पाल्जाङ्ग गुरुङ्गले बताए ।“अघिल्लो बर्ष यार्सा बेचेको पैसाले चीनियाँ नाकाबाट सरकारी खाद्यान्न ल्याउँथे,एक घरलाई १२ बोरासम्म खाद्यान्न पथ्र्यो,अहिले नागरिकहरु ठुलो पिडामाछन्,सहुलियतको खाद्यान्न व्यवस्था गरिदिनु पर्ने भन्दै पटक–पटक पालिकामा समेत धाउने गरेकाछन्”उनले भने ।चामल नपाए पछि जनताहरु उवाको सातु खाएर छाक टार्न बाध्य भएको उनले बताए ।
माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुडो गाउँपालिकाका पर्ने फोक्सुण्डो,साल्दाङ्गका लगायतका विकट गाउँबस्तीका नागरिकको समस्या पनि उस्तै हो ।छार्काताङ्गसोङ्ग गाउँपालिकाका जनता भने मुस्ताङबाट चामल ल्याएर खाने गर्दछन् ।उनिहरुले खाद्य संस्थानको चामल नखाएको तीन बर्ष भएको गाउँपालिकाले जनाएको छ ।डोल्पोबुद्ध र शे–फोक्सुण्डो गाउँपालिकालाई चीनिँया नाकासम्म पुगेर खाद्यान्न ल्याउन नजिक पर्ने भएपनि छार्कालाई धेरै टाढा पर्ने गरेकाले मुस्ताङ जाने गरेको गाउँपालिकाको भनाई छ ।
उपल्लो डोल्पाकालागि खाद्यान्न लैजान नेपाल सरकारको तर्फबाट सबै प्रक्रिया पु¥याएर रुट परमिडका लिएपनि चीन खाद्यान्न ढुवानी र प्रतिनिधि जानकालागि भिसा नदिए पछि खाद्यान्न लैजान नसकिएको ठेकेदारले बताएको जानकारी दिएको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी डोल्पाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो ।आव ०७६÷७७ मा उपल्लो डोल्पाका लागि मात्रै चार हजार क्विन्टर खाद्यान्न स्विकृति भए पनि ढुवानीहुन नसकेको उहाँको भनाई छ ।विस २०५६÷५७ साल देखिनै चीनिँया बाटोहुँर्दै मोरिम्ला र क्याटो नाकासम्म चामल नुन पु¥यायर उपल्लो डोल्पाका सर्वसाधारणलाई वितरण गर्ने गरिन्छ ।उपल्लो डोल्पाबासीको समस्या बुझेर संघिय र केन्द्रिय सरकालाई खाद्यान्न पठाइदिन जनताले आग्रह गरेकाछन् ।
राज्यमन्त्रीका भोट बैंकका जनाता भोकै
उपल्लो डोल्पा संघिय सांसद तथा पुर्व राज्यमन्त्रीको भोट बैंक समेत हो ।दुई पटक संघिय संसदमा प्रतिनिधितित्व गरिसकेका बुढा उपल्लो डोल्पालीकालागि चिरपरिचित एवं प्रिय नेता समेत हुन् ।चुनावमा उनलाई उपल्लो जिल्लामै सबैभन्दा धेरै भोट आउने गरेको बताइन्छ ।तर उनको भोट बैंककै जनता लामो समय देखि खान नपाएको शोखले थलिँदा समेत उनले कुनै पहल कदमी उठाउँन सकेकाछैन् ।
उपल्लो डोल्पामा खाद्यान्न संकटका खबरहरु राष्ट्रिय मिडियामा समेत बारम्बार आइरहँदा समेत उनले चासो नदेखाएको धो का स्थानीय जनताले गुनासो गरे ।“नेता चुनाव ताकामात्र भोट माग्न आउँछन्,हामिलाई अहिले कस्तो छ भनेर कसैले सोधेका छैनन्” धो का एक स्थानीयले भने ।“हामि पत्येक दिन भोकसँग लडिरहेका छौ,हाम्रो क्षेत्रका नेताहरु राजधानीतिरै व्यस्त छन्,हाम्रो पिर स्थानीय सरकारले सुन्छ न त हामिले जिताएका नेतालनै”उनले गुनासो गरे ।जिल्ला खाद्य सुरक्षा समतिको बैठकले प्रभावित जनताकालागि खाद्यान्न ढुवानीकालागि तत्काल ढुवानी सेवासँग पहल गर्ने निर्णय गरेतापनि पुर्व राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो कम्पनी हिमाली कन्ट्रक्सनले तत्काल ढुवानी गर्ने बताएका थिए ।तर,ढुवानी गर्ने आश्वासन दिएको एक महिना वितिसक्दा समेत खाद्यान्न ढुवानी हुनसकेको छैन् ।
तत्कालका लागि तीन देखि चारसय क्विन्टलसम्म खाद्यान्न पु¥यायपनि उपल्लो डोल्पालीको समस्या समाधानहुने खाद्य व्यबस्था तथा ब्यापार कम्पनीको कार्यालय दुनैले जनाएको छ ।रामचन्द्र न्यौपाने