२०८० असोज ९ गते मङ्गलवार

संरक्षणलाई प्रभावकारी बनाउन समन्वयकारी भुमिकामा निकुञ्ज



डोल्पा ३० असोज
डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले संरक्षणलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समन्वयकारी भुमिका बडाएको छ ।
पछिल्लो समयमा निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन जिल्लास्तरीय सरोकारवाला निकाय,जनप्रतिनिधि र निकुञ्ज क्षेत्रका जनतासँग सहकार्य समन्वय बडाएको हो ।
निकुञ्जप्रति सबैको अपनत्व भाव पैदा गराउन स्थानीय जनता,जिल्लास्तरीय सुरक्षा निकायका प्रमुख,स्थानीय सरकारका प्रमुखहरु,डिभिजन वन,नागरिक समाज,संञ्चारकर्मी लगायतका सरोकारवाला पक्षसँग पटक–पटक अन्र्तक्रिया गर्ने गरिएको निकुञ्जले जानकारी दिएको छ ।
देशका अन्य राष्ट्रिय निकुञ्जको तुलनामा वन,वन्यजन्तु र जडिबुटीका हिसाबमा यस निकुञ्ज फरक महत्व बोकेको निकुञ्ज भएकाले संरक्षण गर्ने दायित्व सबैको भएको निकुञ्जको भनाई छ ।
अन्र्तक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले प्रदेश र संघिय सरकारबाट आएका राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति प्राप्त विकास आयोजनाहरु सम्बन्धित मध्येवर्ती र निकुञ्ज मार्फत सञ्चालनहुनु पर्ने बताए ।
त्यसैगरि प्रमुख बुढाले निकुञ्जमा फिर्ता आएको राजश्वको रकमबाट गुणस्तरीय विकास गर्नुपर्ने बताउँदै डोल्पाली जनताको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनमा डोल्पालीको मात्र एकाधिकार हुनुपर्ने धारणा राखे ।
एकैपटक बिसौ हजार मान्छे यार्सागुम्बा पाटन छिर्दा वन,वन्यजन्तु र पर्यावरण संरक्षणमा चुनौति देखिएको निकुञ्जले जनाएको छ ।
निकुञ्ज क्षेत्र भित्र विकास निर्माण गर्न राष्ट्रिय निकुञ्ज विभागको अनिवार्य स्किृति लिनुपर्ने प्रष्ट रुपमा काुनमा व्यवस्था भएकाले कानुनको परिपालना गराउनु आफ्नो दायित्व भएको प्रमुख संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए ।
आफु विकास बिरोधि नभएको बताउँदै निकुञ्ज कार्यालयबाट गर्न मिल्ने कामका हकमा बिदाको दिन समेत नभनि जनताको काममा खट्नु पर्ने भएपनि तयार रहने प्रतिबद्धता ब्यक्त गरे ।
निकुञ्जले कतिपय व्यवाहारिक कुरामा कानुन पल्टाउन छाडेर समन्वय गरेर समस्या समाधान गर्नुपर्ने कार्यक्रममा सहभागि जनप्रतिनिधिहरुको भनाई थियो ।
कार्यक्रमका बिच हिँउ चितुवा,ब्वासो लगायतका वन्यजन्तु पिडित ६३ घर परिवारलाई १९ लाख ५५ हजार राहत रकम बाँडिएको थियो ।
शे–फोक्सुण्डो निकुञ्ज वहुमुल्य जडिबुटी यार्सागुम्बाको भण्डार,दुर्लव वन्यजन्तु हिँउ चितुवाको बासस्थान,नेपालकै गहिरो फोक्सुण्डो ताल,रामसार सुचीमा सुचीकृत लगाएतका पक्षबाट फरक महत्व बोकेको निकुञ्ज रुपमा समेत चिनिन्छ ।रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?