
डोल्पा २४ असोज
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ बसेको इश्वरी बक्स गुल्म सुलिगाड नेपालकै गहिरो फोक्सुण्डो तालको संरक्षण सम्बद्धनमा जुटेको छ ।
सेनाको स्वच्छ हिमाल तथा ताल सरसफाई अभियान अन्तर्गत फोक्सुण्डो ताल एवं विभिन्न पर्यटन पदमार्गहरुको संरक्षण तथा सरसफाईमा जुटेको हो ।
उक्त अभियान अन्र्तगत सेनाले तालको नियमित सरसफाई गर्नुका साथै पर्यटन पदमार्गहरुको सरसफाई गरिरहेको सेनानी लेखनाथ कटवालले जानकारी दिनुभयो ।
उत्तर पश्चिम पृतना पति विज्ञान देब पाण्डे समेत फोक्सुण्डो पुगेर ताल सरसफाई अभियानमा सरिक भएर करिब पन्ध्र मिनेट तालको सरसफाई गर्नुभएको सेनाले जनाएको छ ।
सेनाले फोक्सुण्डो ताल र फोक्सुण्डो भरना आसपासका आधा दर्जन ठाउँमा आरामदायि अवलोकनकालागि डेस्क बेन्चहरु निर्माण गरेको छ ।
फोक्सुण्डो घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि ताल र फोक्सुण्डो झरनाको मनोरम दृष्य अवलोकन गर्न मिल्ने गरि ठाँउ–ठाँउमा डेस्क बेञ्चहरु निर्माण गरिएको सेनानी कटवालले बताउनुभयो ।
प्रकृतिको अनुपम बरदानको रुपमा रहेको तालको सरसफाई सम्बन्धि जनचेतना फैलाउने प्लेकार्डहरु पनि ठाउ–ँठाउँमा राखिएको उहाँको भनाई छ ।
त्यसैगरि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा पाईने दुर्लभ वन्यजन्तु र प्राकृतिक सम्पदा संरक्षण सम्बन्धि जनचेतना फैलाउन शन्देसमुलक होडिङ् बोर्डहरु बिभिन्न स्थानमा राखेको छ ।
फोक्सुण्डो घुम्न आउने पर्यटक लगायत अन्य सर्वसाधारणललाई लक्षित गर्दै बिभिन्न ठाउँमा जानकारीमुलक होडिङ्ग बोर्ड निर्माण गर्नुका साथै दिशा निर्देश गर्ने बोर्डहरु समेत राखिएको प्रमुख संरक्षण अधिकृत सरोजमणी पाडेलले जानकारी दिनुभयो ।
यसबाट निकुञ्ज संरक्षणमा थोरै भए पनि टेवा पुगेको पौडेलको भनाई छ ।
निकुञ्ज र सेनाको प्रयासले निकुञ्ज घुम्न आउने पर्यटहरु सचेत हुनुका साथै आरामदायि अवलोकनको अवसर समेत पाइएको आन्तरिक पर्यटक रमेश परियारले बताउनुभयो ।
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालकै ठुलो र दुर्लभ वन्यजन्तु हिउँ चितुवा तथा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाईने निकुञ्जको रुपमा समेत परिचित छ ।