
डोल्पा २० असोज
उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध गाउँपालिकाले विकास योजनाकालागि गठित उपभोक्ता समितिहरुलाई पशिक्षण दिएको छ ।
गाउँपालिकामा सञ्चालित विकास योजनाहरुलाई प्रभावकारी एवं पारदर्शी बनाउनका लागि वडा नं १,२ र ३ का उपभोक्ता समितिलाई दुई दिने प्रशिक्षण दिइएको गाउँपालिकाले जनाएको छ ।
आव ०७७÷७८ को स्विकृत बार्षिक कार्यक्रम अनुसार एघार वटा विकास योजनाका उपभोक्ता समितिहरुलाई दुई दिने प्रशिक्षण दिइएको प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले जानकारी दिए ।
पशिक्षणमा उपभोक्ता समिति गठन,सञ्चालन र व्यबस्थापनका बिषयमा बृहत रुपमा पशिक्षण गरिएको उनको भनाई छ ।
यस सँगै उपभोक्ता समितिका पदाधिकारीका काम कर्तव्य र अधिकार,आयोजना सम्झौता गर्दा पेश गर्नुपर्ने आवाश्यक कागजात,भुक्तानिको प्रक्रिया,खाता संञ्चालन,अनुगमनको विधि लगायतका जानकारीमुलक कुराहरु सिकाईएको बताइएको छ ।
यस्ता किसिमको प्रशिक्षणले विकास निर्माणको प्रक्रियालाई स्थानीय सिप,पुँजी र प्रविधिको प्रयोग गरि दिगो, गुणस्तरीय, मितब्ययी एवं पारदर्शी बनाउन सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत पंज्ञानीको भनाई छ ।
यस गाउँपालिकाले आव ०७७÷७८ को बजेट वडा कार्यालय भवन निर्माण,ट्र«स पुल निर्माण,सडक पुर्वाधार निर्माण,सिँचाई कुलो निर्माण,तटबन्धन लगायतका भौतिक पुर्वाधार निर्माणमा जोड दिइएको गाउँपालिकाले जनाएको छ ।
वडा नं ४,५ र ६ मा सञ्चालित विकास योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई पनि दुई दिने प्रशिक्षण राखिएको बताइएको छ ।रामचन्द्र न्यौपाने