२०८० चैत्र १६ गते शुक्रवार

संविधान दिवसकाे अवसरमा सेनाले गर्याे फाेक्सुन्डाे जाने सात किमि पदमार्गकाे सरसफाई



रामचन्द्र न्याैपाने
डाेल्पा ३ असाेज
संविधान दिवसको अवसरमा ईश्वरी बक्स गुल्म सुलिगाड र शे -फाेक्सुन्डाे राष्ट्रिय निकुञ्ज सुलिगार्डमा कार्यरत कर्मचारीकाे संयुक्त टाेलीले शे-फाेक्सुन्डाे ताल जाने पदमार्गकाे सरसफाई गरेकाे छ ।
त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ मा पर्ने सुलिगार्ड देखि ठुलिभेरी नगरपालिका वडा नं ८ मा पर्ने साङ्टासम्मकाे सात किलाेमिटर लामाे पदमार्गकाे सरसफाई गरिएको हाे ।
नेपालकै गहिराे ताले पुग्ने बाटाे बर्खाकाे समयमा भाँग,धतुराे,पाती लगायतकाझारपात उम्रेर र ठाउँठाउँमा पहिराे खसेर साँघुरो भएकाे थियाे ।
प्रधानसेनापतिकाे सफा हिमाल अभियान तथा सफा ताल तथा नदि सरसफाई अभियान अन्तर्गत पदमार्गकाे सरसफाइ गरिएकाे गुल्मपति लेखनाथ कटवालले जानकारी दिए ।
पदमार्ग सफाई गरेसँगै अान्तरिक पर्यटक अावागमनमा सहजहुनुका साथै स्थानीय बासिन्दालाई अावतजावत गर्न घाेडाखच्चडमा खाद्यान्न लगायतका अत्यावश्यक बस्तुहरु ढुवानीमा सहज भएकाे छ ।

प्रकाशित मिति : २०७७ असोज ३ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?