
डोल्पा १ असोज
हिमाली जिल्ला डोल्पामा एक वडा अध्यक्ष सहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।
मुड्केचुला गाउँपालिका एक वडा अध्यक्ष सहित दुई जना र जिल्ला बाहिरका दुई जना गरेर चार जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिनुभयो ।
जिल्ला बाहिरका दुई संक्रमित मध्ये एक जना गाउँपालिकामा टावर निर्माणका लागि नेपालगञ्जबाट आएको र एक जना दिदि पु¥याउनका लागि जाजरकोटबाट आएको पाईएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।
दुई जना गाउँपालिकामै बसेका नागरिक संक्रमित भएको बताइएको छ ।
संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिएको बताउँदै छुट्टै आईसोलेसन बनाएर राख्ने तयारी भइरहेको प्रजिअ सुनारले बताउनुभयो ।
संक्रमित चार जना मध्ये एक जना त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने खदाङ्ग क्वारेन्टाइनमा राखिएको र दुई जना रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी क्वारेन्टाइनमा राखिएको छ ।
बाँकी एक जना संक्रमित वडा अध्यक्ष काम विशेषले सुर्खेतमा रहेको प्रशासनले जनाएको छ ।
उनिहरुसँग सम्पर्कमा रहेका सबैलाई पहिचाहन गरेर परिक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।
केही दिन अघि स्वाब संकलन गरेर परीक्षण गराउँ रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ ।
यस अघिसम्म डोल्पा कोरोना संक्रमणमुक्त थियो ।