२०८० जेष्ठ २६ गते शुक्रवार

डोल्पामा स्याउले रंगीय गाउँ,कृषकलाई बिक्रिको चिन्ता



डोल्पा ३१ भदौ
त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ मा पर्ने रंग गाउँ यतिखेर स्याउले रंगिएको छ ।
प्रत्येक बर्ष जस्तै यसबर्ष पनि बस्तीको चारैतिर लगाइएका स्याउका रुखमा हाँगै भाचिने गरि लटरम्म स्याउ फलेपछि गाउँनै स्याउले रंगिएको हो ।
स्याउ भित्रयाउने सिजन सुरुभए सँगै स्याउले रंगीयका बगैँचाहरुमा कृषकहरुलाइ स्याउ टिप्न भ्याइनभ्याई छ ।
स्याउ टिपिसके पछि परम्परागत तरिकाबाट स्थानीयस्तरमा बनाईएका भण्डारण गृहमा स्याउ राख्ने गरिन्छ ।
यसरी राखिएका स्याउ दुई–चार महिनासम्म मात्र सुरक्षित राख्न सकिने कृषकहरु बताउँछन् ।
गाउँमा आधुनिक भण्डारण गृह नहुँदा बर्षेनी सयौँ क्विन्टल स्याउ त्यतिकै कुहियर जाने गरेको वडा अध्यक्ष श्रीदल बुढाले बताए ।
स्थानीय सामग्री प्रयोग गरेर कृषक आफैले बनाइएका भण्डारण घर त्यति भरपर्दो नहुने भएकाले बर्षेनी भण्डारण गृह भित्रै लाखौ मुल्यको स्याउ त्यतिकै कुहियर जाने उनले बताए ।
कृषकको मिहेनतलाई जोगाउन गाउँमा आधुनिक ठुलो क्षमताको भण्डारण गृह आवाश्यक रहेको उनको भनाई छ ।
२ सय २० घरधुरी रहेको रंग गाउँका सबैले ब्यवसायिक स्याउ खेती गरेकाछन् ।एकै घरले पचास देखि पाँचसय बोटसम्म स्याउ रोपेका छन्।
रंगाली कृषकहरुले परम्परागत रुपमा लगाईदै आएको मकै, कोदो, चिनो, फापर लगाएतको अनाज खेती घटाएर स्याउ खेतीमा जोड दिँदै आएकाछन् ।
रंगमा मात्रै नभई सुँ,जीँउ जुफाल,डाँगीबाडा,तिप्ला लगाएतका बिभिन्न गाउँमा स्याउको ब्यवसायिक उत्पादनहुने गर्दछ ।तर,सडक यातायातको पहुँच नहुँदा उत्पादन गरिएको स्याउ बिक्रि नभएरै खेर जाने गरेको कृषकहरु बताउँछन् ।
जुफाल विमानस्थलबाट जहाजमा ढुवानी गर्दा भाडाकै चौगुणा मुल्य तिनु पर्ने र सडक मार्गबाट लैजाँदा आधा दजर्न ठाउँमा गाडि परिवर्तन गर्नुपर्ने भएकाले बाटोमै कुहिने गरेको कृषकले गुनासो पोखे ।
कृषकहरुको मागलाई मध्येनजर राख्दै त्रिपुरासुन्दरी नगरपालिकाले पनि स्याउ खेती हरेक बर्ष स्याउ खेतीलाई प्रोत्साहन दिँदै आएको छ ।
कृषकलाइ चिन्ता
जिल्लामै प्रत्येक घरधुरीले ब्यवसायिक स्याउ खेती गरेको गतिलो उदाहारण देखाउने रंग गाउँमा सबै कृषकहरुको पिरलो भने एउटै रहेका छ ।
स्याउकोे राजधानीको रुपमा चिनिने यस गाउँमा रहेका स्याउँ बगैँचाहरुमा लटरम्म स्याउ फल्दा सबै कृषकहरु चिन्तामा परेकाछन् ।
कृषक आफैलाई आफ्नो बारीमा लटरम्म स्याउ फलेका देख्दा रहर लाग्छ ।तर,फलेको स्याउ केही बारीमै,केही घरमा कुहिने गरेपछि आफुहरुलाई ठुलो पिडा महशुसहुने कृषकहरुले बताए ।
प्रत्येक बर्ष लटरम्म स्याउ फलेपनि बजारसम्म लैजान यातायाताको सुविधा नहुँदा बिक्रि नभएरै घरमै कुहिने गरेको कृषक कमला बुढाले बताइन् ।
“आफैले रोपेको स्याउ फल्दा जतिखुशी हुन्छौ तर बिक्रि नभएर केही बोटमै,केही घरमै कुहिँदा ठुलो पिडा महशुस हुन्छ,कुहियर बाँकी रहेको स्याउ बिकाउन पनि इष्टमित्र पहिल्यायर सित्तैमा बाँडनु पर्छ उनले भनिन ।
कमला जस्तै अर्का कृषक केशर बुढाको पनि बँगैचामा पनि लटरम्म स्याउ फलेका छन् ।उनको बारीमा करिब एकसय बोटमा लटरम्म स्याउ फलेकाछन् ।त्यत्तिकै बिरुवा एक दुई बर्ष भित्रै फलदिने गरि हुर्किरहेका छन् ।
रेड डेलिसियस,गोल्डेन,चक्लेटी लगाएतका जातका स्याउ बोटमा लटरम्म फलेपछि बगैँचानै रहर लाग्दो देखिन्छ ।उनको स्याउ बगैँचा देख्दा गाउँकै मान्छेलाई पनि रहर लाग्छ तर उनि भने चिन्तित देखिन्छन् ।
“बिक्रि हुँदैन,घरगोठमै कुहिने स्याउ लटरम्म फलेको देख्दा खुशी भन्दा चिन्ता धेरै लाग्छ” उनले भने,“स्याउको बुटा रोपेर फलदिनेसम्म बनाउँदा जति दुखहुन्छ त्यो भन्दा धेरै दुख स्याउ कुहिँदा लाग्दो रहेछ ।”
आफ्नो बारीमा मात्रै प्रत्येक बर्ष पचास–साठी क्विन्टलको हाराहारीमा स्याउ उत्पादनहुने उनले बताए ।“यसको बिस प्रतिशत पनि स्याउ बिक्रि हुँदैन,यतिखेर घरमा आएका पाहुनाहरुलाई सकेसम्म स्याउ भिराएर पठाउँछौ”उनले भने ।
“जाजरकोट–डोल्पा सडकमा पुल बनेर सिधा यातायात जोडिएर गाउँसम्म मोटरबाटो पुगेको भए स्याउले राम्रो बजार पाउने थियो,अहिले डोकोमा बोकेर गाउँगाउँ डुलाएर स्याउ बिक्रि गर्न सम्भव छैन् ।”
स्याउ बिक्रि नभएपछि गाउँका कतिपय कृषकहरुले अन्नबालीसँग समेत साटफेर गर्ने गर्छन् ।डोल्पामा तीस रुपैया प्रतिकिलोसम्म स्याउ आउँछ ।स्याउ बगैँचामै पुग्ने हो भने अझ सस्तोमा स्याउ किन्न पाइन्छ ।
कमला र केसर जस्तै रंग गाउँका सम्पुर्ण कृषकहरुको पिडा उस्तै छ ।ब्यवसायिक रुपमा लगाइएको स्याउ प्रत्येक बर्ष कुहिँदै खेर जान थालेपछि आर्थिक उपार्जनको दिगो स्रोतको रुपमा रहेको स्याउको व्यबसायिक खेतीप्रति समेत आर्कषण घट्ने चिन्ता समेत बडेको छ ।
कोरोना कारण स्याउ बिक्रि घट्यो
देशभर महामारीको रुपमा फैलिको कोरोना भाइरसका कारण डोल्पामा स्याउ बिक्रि घटेको छ ।
प्रत्येक बर्ष यहि समयमा रुकुम–जारकोटका सयौँ ब्यापारीहरु स्याउ किन्न रंग गाउँमा आउने गरेपनि कोरोनाका कारण यस बर्ष कोही पनि नआएको कृषकहरुले बताए ।
“यतिखेर गाउँनै रुकुम जारकोटका मान्छेले भरिन्थ्यो,गाउँलेलाई स्याउ बेच्दै हैरान हुन्थ्यो,कोरोनाका कारण कोही पनि आएनन्”स्याउ कृषक धनमान बुढाले भने ।
दुई जिल्लाका नागरिकले मात्रै रंगको दश प्रतिशतसम्म स्याउ किन्ने गरेको र त्यसबाट प्रत्येक घरले बिस हजार देखि पचास हजारसम्म कमाउने गरेको उनले बताए ।
डोल्पा कर्णालीमै स्वादिष्ट एवम् अर्गानिक स्याउ उत्पादनहुने जिल्लाको रुपमा समेत चिनिन्छ ।
चिसो र फलफुल अनुकुल हावापानी भएका कारण डोल्पामा स्याउ मात्रै नभई आरु,ओखर लगाएतका फलफुल पनि प्रसस्त उत्पादन हुन्छ ।
कोल्डस्टोरमै कुहिन्छ स्याउ
परापुर्वकाल देखि प्रयोगमा ल्याइदै आएको माटोको चिस्यान भएको जमिन खनेर बनाइएको कोल्डस्टोरका कारण पनि स्याउ छिटो कुहिने गरेको छ ।
घरमा राख्दा स्याउ चाउरी पर्ने भएकाले माटे कोल्ड स्टोरमा भण्डारण गर्ने गरिन्छ ।
आधुनिक कोल्ड स्टोरको अभावमा स्याउ कुहिने थाहा पाउँदा पाउँदै पनि माटे कोल्ड स्टोरमा स्याउ भण्डारण गर्नुपर्ने बाध्यता रहेको कृषकले गुनासो गरे ।
कृषकको मिहेनतलाई खेर जान नदिनका लागि एउटा स्थानीय तहमा एउटा सित भण्डारण गृह निर्माणका गर्नुपर्ने कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धी बुढाथोकीले बताए ।
स्याउ उत्पादन घट्यो
डोल्पामा यस बर्ष स्याउ उत्पादन घटेको कृषकहरुले बताएका छन् ।
अघिल्लो बर्षसम्म लटरम्म फल्ने स्याउका बोटमा यसबर्ष धेरै स्याउ नफलेको जिँउका कृषक रामबहादुर गुरुङ्गले बताए ।
“यस बर्ष कुनै गाउँमा राम्रो स्याउ फलेको छ,कुनै गाउँमा स्याउनै फलेको छैन्”गुरुङ्गले भने,“फुलफुल्ने समयमा लागेको हावाहुरी असिना पानीका कारण यस्तो भएको हुनसक्ने अनुमान छ ।”
जिल्लाका बिभिन्न गाउँबाट कृषकहरुले स्याउ उत्पादन घटेको जानकारी गराएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
यस बर्ष जिल्लाका रंग ,सुँ, जिँउ,जुफाल लगायतका गाउँमा यस बर्ष स्याउ कम फलेको हो ।
डोल्पामा मात्रै १४ सय ८८ हेक्टर जमिनमा स्याउ लगाइएकोमा ४ सय ८६ हेक्टरमा लगाइएको स्याउले उत्पादन दिने कार्यालयले जनाएको छ ।
जिल्ला भरि ३ हजार २ सय ९६ मेट्रिक टन स्याउ उत्पादन हुनुपर्ने यस बर्ष घटेर ४ सय मेट्रिक टन स्याउमात्रै उत्पादन हुने अुनमान गरिएको कृषि विकास कार्यालयका सहायक प्राविधिक बुद्धि बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ भाद्र ३१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?