२०८१ बैशाख ७ गते शुक्रवार

बनेन तीन करोडको पुल,भएको काठेपुल भाँचियो,सवारी साधन आवतजावत बन्द !



डोल्पा २८ भदौ
यहाँको ठुलीभेरी नगरपालिका वडा नं ८ मा पर्ने रुपगाढ खोलाको काठेपुल भाँचिएको छ ।
सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामाग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर पुल भाँचिएको हो ।
ट्रयाक्ट बिच पुलमा पुगे लगत्तै काठको पुल भाँचिएपछि बिचमै फसेको स्थानीय बिर्खबहादुर रोकायले जानकारी दिए ।
भएको काठेपुल भाँचिएपछि सवारी साधन आवत जावत ठप्प भएको छ ।
पुल भाँचिएपछि अत्यावश्यक कामले सदरमुकाम दुनै पुग्ने बिरामि,सर्वसाधारणहरु लाई पनि १३ किमि सडकमा दुईवटा गाडी परिवर्तन गर्नुपर्ने भएको छ ।
तीन करोडको पुल खोई ?
तत्कालिन जिल्ला बिकास समितिको ३ करोडको लागतमा जिल्ला प्राबिधिक कार्यालयले रेखदेख गर्ने ०७३ सालमा पक्की मोटरेवल पुलको निर्माण शुरु गरिएको थियो ।
०७३ सालमा टेण्डरमार्फत मित्र संजीवनी कन्ट्रक्सन प्रालीका प्रोप्राइटर गौरी उप्रेतीले एक वर्ष भित्रमा पुलको निमार्ण कार्य पुरा गर्ने गरि कामको जिम्मेवारी डोल्पाकै हिम बुढालाई दिएका थिए ।
पुल निमार्णको जिम्मेवारी पाएको मित्र संजीवनी कन्ट्रक्सन प्रालीका प्रोप्राइटर गौरी उप्रेतीका डोल्पा प्रतिनिधि हिमबहादुर बुढाले आफुहरुले काम गरेको रकम समेत हालसम्म नपाएकाले काम रोकिएको बताए ।
निमार्ण ब्यवसायी हिमबहादुर बुढाले पेश्की स्वरुप लगेको रकमले स्थानीय ढुँगा गिटी बालुवा संकलन तथा पुलको दुबै तर्फको पिलर र खाल्डा खन्ने काममा ठिक्क भएको बताए ।
तत्कालिन जिबिसबाट पुल निर्माण शिर्षकमा २ करोड ७० लाख भन्दा बढी रकम भुत्तानी लिइसकेको स्रोतको दावी छ ।
पुल निमार्णकार्य सम्पन्न गरि सक्नुपर्ने समयवधी ०७४ चैत्रमा सकिसक्नु पर्ने भएता पनि तीन पटकसम्म म्याद थपगर्दा समेत निर्माणकार्य सम्पन्नहुन सकेको छैन ।
जोखिमोलेर सवारी यात्रा
समयमै पुलको निमार्ण कार्य पुरानहुँदा अहिले सदरमुकाम दुनै भित्रने यातायातका साधनहरु जोखिम मोलेर काठकोेपुल मार्फत ओहरदोहर गरिरहेकाछन् ।
काठको पुलबाटै गाडीहरु वारपार गर्दा कुन दिन ठुलो मानविय दुर्घटना हुन्छ चिन्ताको बिषय भएको जीप चालक शुशिल कठायतले बताए ।
दुर्घटनापछि चिन्ता ब्यक्तगर्नु भन्दा समयमै पुल निर्माण गरेर सहजरुपमा यातायात संञ्चालगर्ने बाताबरण मिलाउन उनले माग गरे ।
अघिपछि भन्दा बर्खायाममा खोला बडेको बेला वारपारगर्न एकदमै जोखिमहुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ भाद्र २९ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?