२०८० जेष्ठ १९ गते शुक्रवार

हामि युवा भ्रष्टाचार बिरुद्धको तिखो तिर हुनुपर्छ ! (मुक्तक संग्रह)



हामि युवा भ्रष्टाचार बिरुद्धको तिखो तिर हुनुपर्छ ।
अन्याय अत्याचारको अन्त्य गर्ने उच्च शिर हुनुपर्छ ।।
निमुखाको रगत चुसी छाती फुलाई बाँच्नु भन्दा ।
मरौ बरु देशकै लागि मरेर युगौयुगसम्मको बिर हुनुपर्छ ।।

हाम्रो देशको राजनिति फोहोरी खेल भइसक्यो ।
जुुट्नुपर्छ युवा यहाँ अव जतिविधि भइसक्यो ।।
देश बेच्ने नेता छाती फुलाई हिँडेकाछन् यहाँ ।
तिनले गर्दा स्वाभिमानको शिर खुम्चन थाल्यो यहाँ ।।

हेर्दै जाउ तिम्रो खराब बिचार प्रति क्रोध हुनेछ ।
तिमले गर्ने अत्याचार भ्रष्टाचार प्रति बिरोध हुनेछ ।।
दुखि गरिबको नाममा रगत पसिना कति चुस्यौ चुस्यौै ।
अबहेर तिमले गर्ने सबै कुबिचारको बाटो अवरोध हुनेछ ।।

तिमले गर्ने फरक तरिकाको राज….निति मन परेन ।
अति भयो अब जातिविधि मन परेन ।।
सहनसम्म सहियो अब सहन सकिँदैन ।
तिमले गर्ने सौतेनि ब्यवहारको रणनिति मन परेन ।।

     श्याम धराला
                                                                                         युवा त्रिपुरासुन्दरी नपा १ डोल्पा

प्रकाशित मिति : २०७७ भाद्र २४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?