
डोल्पा २३ भदौ
उपल्लो डोल्पामा बिषालु साग खाएर बिरामि परेका जाजरकोटका पाँच जना मध्ये चारको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
उद्धारहुनेमा नलगाड नगरपालिका ५ का बर्ष ३६ का बिष्णु कोसारी,सोही ठेगानाका बर्ष ३८ का टेकबहादुर वली, वडा नं ४ बस्ने बर्ष १८ का अजय वली र वडा नं ८ बस्ने बर्ष ३३ का शिबराज केसी रहेका छन् ।
सँगै बिरामि परेका बर्ष १९ का नरेन्द्र वलीको अवस्था सामान्य भएको भन्दै उद्धार नगरि जिल्ला अस्पतालमै उपचार शुरु गरिएको छ ।
एकै पटक सबैजनालाई लैजान नसकिने भएकाले जटिल अवस्थार हेरेर उद्धार गरिएको बताउँदै डोल्पा जिल्ला अस्पतालमै राखिएको वलीको अवस्था हेरेर बुधबार उद्धार गरिने बताइएको छ ।
हेलिकप्टरबाट उद्धार गरिएका मध्ये बिष्णु कोसारी बाहेक अन्य तीन जनाको अवस्थामा सामान्य पाइएको जिल्ला अस्पतालले जनाएको छ ।
उनिहरु सबैलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
सोमबार बेलुकीको खानामा गुम्बा वरिपोरी पाइने स्थानीय साग ल्याएर पकाएर खाए लगत्तै सबैजना बेहोस भएको प्रहरीले जनाएको छ ।
संघिय सरकारका वन तथा वाताबरण मन्त्री शक्ति बहादुर बस्नेतको पहलमा हेलिकप्टरबाट बिरामिको उद्धार गरिएको थियो ।रामचन्द्र न्यौपाने