२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पामा जीप दुर्घटना,पाँच घाईते,तीनको अवस्था गम्भीर



डोल्पा २२ भदौ
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने रुखबाडामा लु १ ज ४२२९ नं को जीप दुर्घटना भएको छ ।
सोमबार बिहान पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जाँने क्रममा १० बजेर ३० मिनेटको समयमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
घाईते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ बस्ने बर्ष २४ का चालक रामबहादुर रोकाय,सोही ठेगानाका बर्ष २५ का सवारी धनी नरबहादुर रोकाय,वडा नं ६ बस्ने लोकचन्द्र बिक,सोही ठेगानाका बर्ष २६ कि हिरा बिक र बर्ष २५ कि मिना पुन रहेको प्रजिअ सुनारले बताए ।
त्यस मध्ये चालक रामबहादुर रोकाय,सवारी धनी नरलाल रोकाय र लोकचन्द्र बिकको हातखुट्टा भाँचिनुका साथै छातीमा चोट लागेकाले अवस्था गम्भीर रहेको बताइएको छ ।
अन्य दुई जनाको अवस्था मध्यम रहेको र घाईते हिरा बिक गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ ।
उनिहरुलाई उपचारकालागि जिल्ला अस्पताल डोल्पा तर्फ ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तीनैजनालाई उपचारका लागि जिल्ला बाहिर लैजान हेलिकप्टर झिकाउने पहल भईरहेको वडा नं ६ का अध्यक्ष धर्मजीत रोकायले जानकारी दिए ।
जीप सडकबाट करिब ७० मिटर तल खसेको र आशिंक क्षती भएको बताइएको छ ।

दुर्घटना कसरी भयो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र २२ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?