
तिम्रो यात्रा झुपडी हुँदै महलतिर भयो नेता जी ।
त्यहि चोख्याउने जल पनि पिसाब भयो नेता जी ।।
जिल्लालाई कायापलट गर्छु भन्थ्यौ,मात्र भाषणको बिभुषण दिलायौ नेता जी,
शुसासनको जग नबसाल्दै आफै बेथिति मच्चायौ नेता जी ।।
न्यानो माया देखाउँदै जनता माथि तेजाब खन्यायौ नेता जी ।
फुलको बिरुवा भन्दै झुक्यायर बिषको खेती गरायौ नेता जी ।।
हत्या हिंसा लुटपाट अन्धकारमै राख्यौ नेता जी ।
विकासको नाम बेची आफ्नै भुँडी छेक्यौ नेता जी ।।
सुनको कुरा गरि नथाक्ने तिमि आखिर पित्तल बनाई छाड्यौ नेता जी।
शान्तिको बिगुल फुक्ने तिमि आखिर नमुना आतंककारी बनि छाड्यौ नेता जी ।।
आफु जित देखि जनता जनार्दन भन्दै हिडँ्ने तिमि नेता जी ।
भ्रष्ट माफिया र बिकृतिको सफाई दिने न्यायधिस बन्यौ नेता जी ।।
रेखामान बुढा
युवा ठुलिभेरी नगरपालिका,माझफाल
डोल्पा