२०८० मङ्सिर २१ गते बिहिवार

डोल्पा अहिलेसम्म सुरक्षित,२९७ जनाकै रिपोर्ट नेगेटिभ !



रामचन्द्र न्यौपाने|डोल्पा १० भदौ
हिमाली जिल्ला डोल्पामा अझै कोरोना संक्रमण शुन्य देखिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरीका नगरपालिकाका विभिन्न स्थानबाट स्वाब संकलन गरेर परीक्षणका लागि नेपालगञ्ज पठाइएका २९७ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
केही दिन अघिमात्र स्वाब परिक्षणका लागि पठाइएका २९७ जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी जानकारी दिए ।
जिल्ला बाहिरबाट धेरै मान्छे भित्रिए पछि कोरोना संक्रमण हुन सक्ने आशंकाले स्थानीय,ब्यापारी,शिक्षक,कर्मचारी लगायतको स्वाब संकलन गरिएको थियो ।
जिल्ला अहिलेसम्म सुरक्षित रहेकाले जिल्लाबासीलाई आवाश्यक सतर्कता अपनाउन प्रजिअ सुनारले आग्रह गरे ।
छिमेकी जिल्लाहरुमा फैलिएको संक्रमण नभित्रियोस भन्दै एकसाता बन्दाबन्दी गरेर नाकामा कडाई गर्नुका साथै अत्यावश्यक बाहेक अन्य सवारी आवतजावतमा रोक लगाइएको प्रजिअ सुनारले बताए ।
दिनभर कोरोना संक्रमणको हल्लाले जिल्ला आतकिंत बनेको थियो ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?