२०८१ बैशाख ७ गते शुक्रवार

डोल्पा भित्रने नाकामा छैन कडाई,धमाधम मान्छे छोड्दै प्रहरी !

कोरोना संक्रमणको जोखिम बड्यो


डोल्पा १० भदौ
पछिल्लो समयमा कोरोना संक्रमित शुन्य भएको डोल्पामा कोरोना संक्रमणको जोखिम बडेको छ ।
जिल्ला भित्रने प्रमुख नाकामा रहेको ईलाका प्रहरी कार्यालय करोपगाडले(हाल खदाङ्ग) बाहिर जिल्लाबाट आएका मान्छेहरुलाई सामान्य सोधपुछ गरेरमात्र छोड्न थालेपछि जिल्लामा थप संक्रमणको जोखिम बडेको हो ।
यता जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रने नाकामा कडाई गरेको बताउँदै आएता पनि प्रहरीले पहुँचका आधारमा धमाधमा मान्छे छोड्ने गरेको पाइएको हो ।
केही दिन यतामात्रै जिल्लामा भनसुन गर्न सक्ने सामथ्र्य राख्ने करिब आधा दर्जन मान्छेहरु जिल्लामा भित्रिएको पाईएको छ ।
प्रहरीले पहुँचका आधारमा सामान्य सोधपुछ गरेरै छोड्ने गरेपछि उनिहरुबाटै जिल्लामा कोरोना संक्रमणको जोखिम बडेको छ ।
त्यसरी भित्रिएका सर्वसाधारणहरु क्वारेन्टाइन र होम क्वारेन्टाईनमा बस्ने गरेका छैनन् ।
नाकाबाट भित्रिएका मान्छेहरु क्वारेन्टाइन र होम क्वारेन्टाइनमा नबसेर सिधै अन्य सर्वसाधारणको सम्पर्कमा गएपछि जिल्लामा कोरोना संक्रमणको जोखिम बडेको सरोकारवाला निकायको भनाई छ ।
स्थानीय गृह प्रशासनले नाकामा कडाई गरेको बताउँदै आए पनि नाकामा कडाइ नभएर सुरक्षा अवस्था फितलो भएको भन्दै उनिहरुको असुन्तुष्टि ब्यक्त गरे ।
यता जिल्ला भित्रने नाकामा रहेको ईलाका प्रहरी कार्यालय करोपगाडका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिपक केसीले जिल्लाको आदेश अनुसार मान्छे छोड्ने गरेको बताए ।
केही दिन अघिमात्रै तराईका बिभिन्न जिल्लामा पुगेर आएका ठेकेदार मनबिर पुनलाई छोडेको बिषयमा जिल्लाबासीले आपत्ति जनाएकाछन् ।
पुन अहिले होम क्वारेन्टाइनमा नबसेर बजारमा घुमिरहेको पाईएको दुनैका एक स्थानीयले बताए ।
पुनलाई जिल्लाको आदेशले त्यतिकै छोडेको प्रहरी सहयक निरीक्षक केसीले बताए ।
पुनको पिसिआर रिपोर्ट आफुले प्रष्ट नहेरको असई केसीले स्विकार गरे ।
छिमेकी जिल्ला रुकुम र जाजरकोटमा कोरोना संक्रमण बडेकाले डोल्पामा पनि खतराको घन्टी बजेको छ ।
जिल्ला बाहिरबाट भित्रने सर्वसाधारणबाटै संक्रमण फैलने जोखिम बडेको बताइएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?