
डोल्पा। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा असिना सँग भएको बर्षातले अन्नबाली र विकास योजनामा ठुलो क्षति पु¥याएको छ ।
दुई दिन यता लगातार परेको असिना सहितको बर्षातकाले गाउँपालिका अन्तर्गतका चार वटा वडामा लगाइएको अन्नबाली र विकास योजनाहरु पुर्ण रुपमा क्षति पु¥याएको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङ्गले जानकारी दिए ।
“तीन चार महिना लामो खडेरी पछि परेको भिषण असिना पानीका कारण वडा नं १ देखि ४ वडामा लगाइएको फापर,गहुँ,उवा लगायतका अन्नबाली स्याम्मै ढलेको छ,भित्रयाउने समयमा ढलेपछि सबै कुहिन्छ”गुरुङ्गले भने ।
“यो बर्ष यार्सागुम्बा पनि टिप्न पाइयन्,चाइना पनि खुलेन,असिना पानीले अन्नबाली सबै सखाप पा¥यो,कसरी जिविकोपार्जन गर्ने स्थानीयलाई ठुलो पिर परेको छ”उनले थपे ।
असिना र बर्षातका कारण आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको वडा नं ४ का स्थानीय तेन्जिन टासी गुरुङ्गले बताए ।
“कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो,त्यो सबै सखाप पारिसक्यो,अब कसरी आफु पालिने परिवार पाल्ने ठुलो चिन्ता परेको छ”उनले गुनासो गरे ।
उनले क्षतिपुर्ती उपलब्ध गराउनका लागि सरकारलाई आग्रह समेत गरेका छन् ।
विकास निर्माणमा क्षति
भिषण असिना सँगै भएको बर्षातका कारण चार वटा वडाको विकास योजनाहरुमा क्षति पु¥याएको शे–फोक्सुण्डो गाउँपालिकाले जनाएको छ ।
बर्षात पछि आएको पहिरोका कारण वडा नं १,२,३ र ४ मा निर्माण गरिएका संघ प्रदेश र स्थानीय सरकारले निर्माण गरेका पर्यटन सडक,ग्रामिण सडक,पुल पुलेसा,सिँचाई कुलोहरुमा क्षति पु¥याएको वडा अध्यक्ष गुरुङ्गले जानकारी दिए ।
“पानीले बाटा घाटाहरु बगाएको छ,केही ठाउँका पुलहरु समेत बताएको खबर आएको छ,गाउँपालिकाका बिभिन्न गाउँबस्तीहरुसम्म मोटरसाईकल गुडाउन मिल्ने गरि बनाईएका बाटो बगाउँदा आवतजावत समेत अवरुद्ध भएको छ”उनले थपे ।
कतिपय ठाउँमा पशुबस्तु समेत बगाएको खबर समेत आएको उनले बताए ।