२०८० चैत्र ६ गते मङ्गलवार

त्रिपुरासुन्दरीमा काँङ्ग्रेसको प्रर्दशन,अभद्र व्यबहार गरेको आरोप



डोल्पा ।नेपाली काँङ्ग्रेस डोल्पाले त्रिपुरासुन्दरी नगरपालिकामा बिरोध प्रर्दशन गरेको छ ।
काँङ्ग्रेसबाट निर्वाचित वडा नं ९ का अध्यक्ष रमा बोहोरालाई नगरप्रमुख ओमबहादुर बुढाले आफ्नै कार्यकक्षमा अभद्रब्यवहार गरेको भन्दै बिरोध प्रर्दशन गरेको हो ।
नेपाली काँङ्ग्रेस नगर समितिको आयोजनामा मेयर लक्षित विरोध प्रदर्शन गरेको नेपाली काँङ्ग्रेसले जनाएको छ ।
विधिको शासन मिच्न पाइदैन, भ्रष्टचारी मेयरले राजीनामा दे, योजनाहरुको आर्थिक हरहिसाब पारदर्शी गर लगायतका नारा लगाउँदै बगर बजार परिक्रमा गरेर नगरकेन्द्र भवन अगाडि पुगेर कोण सभा गरिएको थियो ।
अध्यक्ष बोहोरा योजनाहरुको हरहिसाव माग्न जाँदा आइतवार मेयर बुढाले अभद्र ब्यवहारका साथै अश्लिल शब्द प्रयोग गरेको नेपाली काँग्रेसको आरोप छ ।
नगरपालिकाले कोरोना भाइरसको नाममा,योजना बाँडफाँडमा समेत ब्यापक आर्थिक अनियमितता गरेको भन्दै नगरका कर्मचारीहरुसंग आर्थिक हिसाब माग्दा दिन आनाकानी गरेको समेत काँग्रेसको आरोप छ ।
विरोध कोण सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका स्थानीय नेता दिबहादुर विष्टले आर्थिक वर्ष ०७७।०७८ को बजेट र योजनाहरु पनि राजनीतिक आस्था र आफन्ताको नाममा विनियोजन तथा छनौट गरिएको बताउदै दुई तिहाइको दम्भमा स्थानीय सरकार भ्रष्टाचारको अखडा बन्दै गएको बताए ।
के भन्छन नगर प्रमुख
त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओम बहादुर बुढाले आफुलाई कमजोर बनाउनकालागि विभिन्न बाहानामा आरोप लगाउने गरेको बताए ।
आफुले नगरपालिका भित्रका जनतालाई राजनितिक आस्थाका भरमा असमान नगरि सबैलाई समान ब्यवहार गरेको उनको भनाई छ ।
काङ्ग्रेसले भनेजस्तो पटक्कै नभएको बताउँदै विकास योजनाको हकमा वडाबाट छनोट भएर आएका योजनाहरुनै नगर कार्यपालिकाले स्विकृत गर्ने गरेको उनले बताए ।
भ्रष्टाचारबिरुद्धमा आफु सुरु देखिनै लागेकाले आफुले नगरकाे एक रुपैया पनि आर्थिक हिनामिना नगरेको बताए ।

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?