२०८० मङ्सिर १३ गते बुधवार

डोल्पामा बिषालु च्याउ खाँदा चार सिकिस्त, हेलिकप्टरबाट उद्धार !



डोल्पा ८ भदौ
हिमाली जिल्ला डोल्पामा बिषालु च्याउ खाँदा चार जना सिकिस्त बिरामि परेकाछन् ।
ठुलिभेरी नगरपालिकामा पर्ने पोखेपानी पाटनमा गोठालो बसेको अवस्था तरकारीको रुपमा च्याउ खाँदा चारै जना सिकिस्त भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।
बिरामि पर्नेमा ठुलिभेरी नगरपालिका वडा नं ७ बस्ने बर्ष ३१ का सूर्यबहादुर शाही,बर्ष ३३ का उत्तम शाही,वडा नं ८ का बर्ष ४४ का सत्यबहादुर शाही र बर्ष ३३ का कमल बहादुर शाही रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
उनिहरुले आइतबार सा“झ च्याउ खाए पनि सिकिस्त परेको खबर सोमबार बिहान ७ बजेमात्र आफुहरु कहाँ आएको र त्यस लगत्तै घटनास्थलमा प्रहरी खटाइएको प्रजिअ सुनारले बताए ।
उनिहरुलाई चारै जनालाई उपचारका लागि सिम्रिक एयरको हेलिकप्टरमा नेपालगञ्ज पठाइएको छ ।
बिरामि कुरवा सहित आठजना भएकाले सिम्रिक एयरले दुई फ्लाईड गरेको प्रशासनले जनाएको छ ।
नगरपालिकाको आर्थिक सहयोगमा हेलिकप्टर चार्टर गरि बिरामिलाई नेपालगञ्ज पठाइएको बताउँदै चारैजनाको अवस्था सिकिस्त रहेको ठुलिभेरी नगरपालिकाले जानकारी दिएको छ ।रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ भाद्र ८ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?