
डोल्पा ७ भदौ
नयाँ बन्ने अस्पतालको पुरानो डिपिआर सच्याउन माग गर्दै जिल्ला समन्वय समिति डोल्पाले पत्र लेखेको छ ।
पन्ध्र शैयाको जिल्ला अस्पताललाई पचास शैयाको बनाउनका लागि सामाजिक विकास मन्त्रालय सुर्खेतले तयार पारेको पुरानो बिस्तृत परीयोजना प्रतिवेदन (डिपिआर) सच्याउन माग गर्दै पत्र मार्फत मन्त्रालयलाई अनुरोध गरिएको समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।
“नयाँ बन्न लागेको भवनको पुरानो डिपिआरमा पिल्लरवाला,आरसीसी ढलानवाला नभएकाले भुकम्प प्रतिरोधि बन्न सक्दैन्,त्यतिमात्र नभई स्थानीय सामग्री प्रयोग गरेर एक तलाको भवन बन्न लागेकाले यसमा हाम्रो पनि ध्यानाकर्षण भएको हो”बुढाले भने ।
त्यतिमात्र नभई पत्र मार्फत डोल्पा सडक सञ्जालमा जोडिसकेको र सबै निर्माण सामग्रीहरु सहज रुपमा उपलब्ध हुने भएकाले पुरानो डिपिआर सच्याई नयाँ बन्ने भवन भुकम्प प्रतिरोधात्मक अपाङ्ग,महिला,बालबालिका र ज्येष्ठनागरिक मैत्री अत्याधुनिक दिर्घकालीन भवन निर्माण गर्न आग्रह गरिएको छ ।
बहु बर्षिया आयोजनाको रुपमा रहेको अस्पताल निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आव ०७७÷०७८ मा दश करोड बजेट बिनियोजन गरेको छ ।