
डाेल्पा । डोल्पा जिल्लाका युबा नेता तथा अनेरास्ववियूका केन्द्रीय सदस्य योगेन्द्र ब.बुढाले डोल्पा जिल्ला ५० शैया अस्पतालको बिस्तृत परियोजन प्रतिबेदन (डिपिआर) माथी गम्भीर प्रश्न उठाएका छन ।
उनले यो आधुनिक र प्रबिधिमैत्री युगमा पनि जिल्लाको एउटा मात्रै अस्पताल जस्तो महत्त्वपूर्ण क्षेत्रको डिपिआर पुरानै तरिकाको हुनु आफैमा दुर्भाग्यपूर्ण भएको बताएकाछन ।
त्यसैले पुरानो डिपिआर क्यान्सिल गरेर दीर्घकालीन सोच अनुसार अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्ने,आरसिसीवाला,बहुतले,अपाङग,असायमैत्री भवन बनाउने गरि डिपिआर तयार गर्न सम्बन्धित निकायलाइ अनुरोध गरेका छ्न ।
साथै नेता बुढाले डोल्पाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने माननीय धनबहादुर बुढा प्रदेशमा प्रतिनिधित्व गर्ने माननियहरु वीर बहादुर शाही,नन्दसिह बुढा र बदमिक्वारा बोहोरालाइ पनि जिल्लाको बिषयमा बोल्न आग्रह गरेका छन ।
यसमा डोल्पाका नागरिक समाज, विभिन्न सामाजिक ब्यक्तित्व,युबा राजनितीज्ञहरु लगाएतले बिरोध जनाएका छन ।