२०८० चैत्र १५ गते बिहिवार

डोल्पामा कोरोना संक्रमण शुन्य,जिल्ला सुरक्षित !



डोल्पा ६ भदौ
हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमण शुन्य देखिएको छ ।
एकसाता अघि कोरोना परीक्षणका लागि नेपालगञ्ज र सुर्खेत पठाइएका २ सय ८० जनाकै रिपोर्ट नेगेटिभ आएसँगै डोल्पा कोरोना संक्रमणमुक्त भएको हो ।
लकडाउन खुलेसँगै शहर बजारबाट भित्रिएका स्थानीय,ब्यापारी कर्मचारी र छिमेकी जिल्ला रुकुम र जाजरकोटबाट ठुलो सङ्ख्यामा भित्रिएका कामदारका कारण डोल्पामा कोरोना संक्रमणको आशंका गरिएको थियो ।
ठुलो सङ्ख्यामा जिल्ला बाहिरबाट सर्वसाधारणहरु भित्रिए पछि कोरोना संक्रमण संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्लाबासीले चिन्ता गरेका थिए ।
देशभर कोरोना संक्रमण बडिरहेको अवस्थामा नागरिकस्तरमा सचेतना ल्याउन सकेकै कारण डोल्पामा कोरोना संक्रमण शुन्य भएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
“कर्णाली प्रदेशका अधिकाशं जिल्लामा संक्रमित छन्,कतिपय जिल्लामा र्कफ्यु लगाइएको छ,डोल्पामा न संक्रमित छन् न र्कफ्यु लगाउनुपर्ने अवस्था छ” प्रजिअ सुनारले भने ।
“कोरोना संक्रमणबाट जिल्ला सुरक्षितहुनु जिल्लाबासीका लागि खुशीको कुरा हो,तर पनि हामि सचेत छौँ,जिल्ला भित्रने नाकामा कडाई गरेका छौँ,कोही जिल्ला भित्रिहाले भने अनिवार्य क्वारेन्टाइनमा बस्ने ब्यवस्था मिलाएको छ”उनले थपे ।
भोलीका दिनहरुम जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह भइहालेमा निशेसाज्ञा पनि लगाइने उनको भनाई छ ।
जिल्लालाई कोरोना संक्रमणबाट जोगाउनका लागि जिल्ला प्रशासन, सुरक्षा निकायहरु,स्थानीय तह,जनप्रतिनिधि,सञ्चारकर्मी लगायतका सरोकारवाला निकाय सँग निरन्तर समन्वय भइरहेको प्रजिअ सुनारले बताए ।
अझै पनि जिल्लाका अन्यत्र ठाउँमा पनि पिसिआर परिक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
अहिले जिल्लाका त्रिवेणी,मध्येवती भवन त्रिपुराकोट र दुनै स्थित सरस्वती माविमा गरेर तीन ठाउँमा क्वारेन्टाइन सुरु गरिएको छ भने ७ जना क्वारेन्टाइनमा राखिएको छ ।
डोल्पामा हालसम्म १ हजार ८५ जना पुरुष र ४ सय पन्ध्र जना महिला गरेर पन्ध्रसय जनाको पिसिआर परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
त्यसैगरी डोल्पामा हालसम्म ८ सय ९८ पुरुष र ५ सय ६७ महिला गरेर जम्मा १ हजार ४ सय ६५ जनाको आरडीटी परिक्षण गरिएको प्रहरीले जनाएको छ ।
डोल्पामा यस अघि चार जना कोरोना संक्रमण भएकोमा जगदुल्ला गाउँपालिकाका एक जनाको मृत्युपछि संक्रमण पुष्टि भएको थियो भने अन्य तीनजना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र ६ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?