
डाेल्पा ५ भदाै
डाेल्पामा स्वाब संकलन गरिएका १ सय ५१ जनाकै काेराेना रिपोर्ट नेगेटिभ अाएकाे छ ।
स्वाब संकलन गरेर गत साउन ३२ गते सुर्खेत पठाईएका १ सय ५१ जनाकै रिपोर्ट नेगेटिभ अाएकाे प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।
छिमेकी जिल्ला रुकुम जाजरकोटबा नागरिकहरु र जिल्लाका नागरिक समेत ठुलाे सङ्ख्यामा जिल्ला भित्रिएपछि कतै काेराेना संक्रमण भित्रियाे भनेर परिक्षण गरिएकाे हाे,ठुलो संख्यामा परिक्षण गरिएको र सबैको रिपोट नेगेटिभ आएको हाे, उनिहरुसबैको रिपोट नेगेटिभ आउदा जिल्लाबासि खुशि भएकाछन् प्रजिअ सुनारले भने ।
पहिलो पटक १५१ काे रिपोर्ट अाएपनि दोस्रो पटक संकलन गरिएको १२६ जनाको रिपोर्ट अाउन बाँकी छ ।
जिल्ला बाहिरबाट आउने कामदार र कर्मचारीहरुलाइ पहिलो परिक्षण गरिएको छ भने अब सरकारी कार्यालयका कर्मचारीहरु अन्य नागरिकलाइ समेत परिक्षण गरिने प्रजिअ सुनारले जानकारी दिए ।
हाल सम्म जिल्लामा कोरोनाको कारण एक जनाको ज्यान गएको र अन्य तिनजना सञ्चो भएर घर फर्कि सकेका छन । त्यस पश्चात डोल्पा जिल्ला हाल सम्म कोरोना मुक्त जिल्लाका रुपमा रहेको छ ।