२०८० जेष्ठ २६ गते शुक्रवार

नेता आफै ठेकेदार आफै फितलो भो कानुन,डोजर उनकै ठेक्का उनकै आएन् सुशासन ! (कबिता)



सार्वजानिक सम्पतिको हिनामिना गरे ।
अक्तियारले छोड्दैन है यस्तो काम नगरे ।।

ब्यक्तिगत स्वार्थ पुर्ति ठुलो होइन अब ।
पारदर्शी बिकास गर्न जुटौँ हामि सब ।।

भ्रष्टाचारबाट टाढै रहने हाम्रो पबित्र मन छ ।
आफ्नै सोचि बिकास गरौँ तब मुलुक बन्छ ।।

बिकासमा गिद्धे नजर त्यागौ बनौ जनमुखि ।
तब हुुन्छौ आफु,सुखि सबै नेपाली सुखि ।।

क्यान्सर भन्दा खतरनाक भ्रष्टाचारको जरो ।
उखेलेर फाल्नुपर्छ लम्बेदान भ्रष्टाचारको जरो ।।

भ्रष्टाचारको कालो धनमा निस्फिक्रि भई रमाउनेहरु ।
जाँदैछन जेल,गुम्दैछ प्रतिष्ठा अबैध धन कमाउनेहरु ।।

त्यस्तालाई छोड्नेछैन अक्तियार अनि गाउँ समाजले पनि ।
चिन्ने छ सारा दुनिँयाले,लेखिनेछ इतिहासँ भ्रष्टचारी भनि ।।

ठेकेदार ठकदार भैगए लाजै पचेका छन् ।
गुणस्तरको बिकासगर्न बनाउ चौडा मन ।।

बाटोघाटो पुलपुलेसा पाटी पौवा बनाउ ।
सरकारी सम्पतिलाई सबै मिलि जोगाउँ ।।

भ्रष्टचारको बिरुद्धमा एउटै स्वर बोली ।
नबन है भ्रष्टाचारी धिकार्ने छन् भोली ।।

सुब्बा दाईले घुस खाएर ठुलै महल ठड्याय ।
बड्दै गको मान प्रतिष्ठा ह्वात्तै घटाए ।

पसिनाको कमाई खाउँ चौडा छाति बनाउ ।
कर्तब्यको बोधगर्दै जनताको काममा रमाउ ।।

बर्षौसम्म जेलको बास जरीवाना लाखौँ ।
भ्रष्टाचार निर्मुल पार्न आजै देखि जागौै ।।

देखावटी प्रण होइन्,नियत सफा राखाँै ।
शुसासन प्रवद्र्धनमा आजै देखि लागौँ ।।

नेताजीले गलत गरे तिनलाई नि नछोडौँ ।
भ्रष्टाचारीलाई सामाजिक बहिष्करण गरौँ ।।

कि सुगममा कि बिकटमा भ्रष्टाचार धेरै ।
आउ अक्तियार गर कारवाही बिजोग छ कठैबरै ।।

सिँहदरवारमै घुस माग्छन् बिकास योजना दिन ।
तलब भत्ता सबै खान्छौ तर यस्तो गर्छौ किन ।।

जनता भन्छन संघियता भ्रष्टाचारीका लागि ।
यस्तो बनाउ कानुन अब थुरथुर कामुन ताकि ।।

नेता आफै ठेकेदार आफै फितलो भो कानुन ।
डोजर उनकै ठेक्का उनकै आएन् सुशासन ।।

घुस लिने घुस दिने दुबै भ्रष्टाचारी ।
परिश्रमको कमाई खाउँ नबनौ भ्रष्टाचारी ।।

अक्तियारलाइ शसक्त बनाउन सहयोग गरौँ सबले ।
घुस माग्ने जो कसै बिरुद्ध सुचना प्रवाह गरौ सबले ।।

गतल गर्नेलाई छोड्ने छैन् अक्तियारको पासले ।
नगर नेता नगर प्रयास सजायबाट जोगिने आसले ।।

बिकासमा निगरानि राखौँ नमानि कुनै आसपास ।
सुचनाको हक प्रयोग गरौँ नमानि कुनै डरत्रास ।।

लेखक

                                                                                                                                            रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ साउन २८ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?