
एक मानिस
जिम्मेवारीले थाकेका ति काँधको पिडा,
अनेक चुनौतिसँग लडेका ति आँतको पिडा ।
सुनौलो भविश्यको खोजीमा छ ऊ,
मिहिनत गरेको उसको हातको पिडा ।
बाँँच्नु र मर्नु एकै सरह भएको छ उसलाई,
झिना आसमा बाँचेको उसको खासको पिडा ।
एक छाक खान समेत नपुग्ने उसलाई,
अनि सिर लुकाउन नमिल्ने बासको पिडा ।
आफ्नो पोल्टामा परेको खुशिहरु सँगाल्दै छौ,
पक्कै पनि होला कहिले उ खुशि भएको आभासको पिडा ।
गरिब
आफ्ना चाहानाहरुको गला घोटी दिएका,
मृत्यु दण्ड माग्ने कैदीहरुको रास ।
मिहिनेती यिनै पौरखि यिनै,सोही थाप्छन
ज्यानकै बाजी,अनि बच्छ मुठ्ठीभर सास ।
आफ्ना लागि कम र अरुकालागि धेरै बाच्ने,
यि सास पनि बेचेका हुन जिँउदा लास ।
भन्थे आउँछ काल अनि लग्छ भन्नेहरु आज
यिनैहुन काल नआइ मरेका लास
एक एक सिरा जोडि आसाहरुको डोरी बाँड्ने
यिनि,सन्तानले केही ठुलो गर्छकी भन्ने आस।
शरीर लुकाउन धौ धौ हुने यिनिहरुलाई
आज नत बाँच्नलाई पुग्छ एक गास ।
खुशी ? सुनचाँदी होइन खुशि त तब हुन्छन्,
जब सन्तानले जित्छ जगत अनि बन्छ खास ।
गास बास कपास अनि सन्ताननै जगत जित्ने
खासको आसमा सोच्छन् गरिब नै हुन्थेनम कास ।
मेरो गन्तब्य
फरक मानिस अनि फरक सोच,अनि फरक छ मेरो गन्तव्य
भन्छन सोच एक बाटो हो,त्यहि बाटोको मोड हो मेरो गन्तव्य
भोकाकालागि एक छाक गास हो मेरो गन्तव्य
नाङ्गाका लागि ढाक्ने कपास हो मेरो गन्तव्य
सबै धर्महरुका लागि एकै नास हो मेरो गन्तव्य
रोगीका लागि बाँच्ने सास हो मेरो गन्तव्य
गन्हाउने सोचहरुका लागि फुलको सुवास हो मेरो गन्तव्य
देशभक्ति गुनगान गाउनेका लागि सुनौलो इतिहाँस हो मेरो गन्तव्य
अन्धकारमा डुब्नेहरुकालागि तेजिलो प्रकाश हो मेरो गन्तव्य
प्रत्येक मानवका लागि मानवताको आभास हो मेरो गन्तव्य
हिम्मत हार्नेहरुकालागि अगाडि बड्ने साहस हो मेरो गन्तव्य
अगाडि बडेकाहरुका लागि एक विश्वास हो मेरो गन्तव्य
आशुको मुल्य चुकाउनेकालागि ओठहरुको हाँसो हो मेरो गन्तव्य
कहिल्यै नथाकिने पाहिला चालि एकदिन पुग्नछ मेरो गन्तव्य
भौतिक संसारबाट टाढा छ म अनि मेरो गन्तव्य
बाबाको म
बाबाको सपनाको सिँडि अनि माध्याम भए म
मेरो सपनाहरुको सिँडि अनि माध्याम मेरो बाबा
बाबाको ओठको मुस्कानहरु,अनि माध्याम भए म
मेरो ओठको हाँसोहरु अनि माध्याम मेरो बाबा
कुनैदिन बाबाको आँशुहरुको माध्याम भए म
अनि मेरो आँशु र हाँसोहरुको माध्याम मेरो बाबा
बाबाको सफलताको पहिलो पाईला,अनि म माध्याम भए म
मेरो सफलताको पहिलो पाईला,अनि माध्याम मेरो बाबा
एक अर्काको पुरक हामि बाबाको म र मेरो बाबा
इच्छा शाह
उहाँ हाल एम.बि.बिस तेस्रो बर्षमा अध्ययन गर्दै हुनुहुन्छ