२०८० चैत्र ६ गते मङ्गलवार

डोल्पामा माटोको ढिस्कोले पुरीयर एकको मृत्यु,एक घाइते !



रामचन्द्र न्यौपाने/डोल्पा २६ साउन:हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरीयर एक जनाको मृत्यु भएको छ ।
मृत्युहुनेमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं २ रसीका २० बर्षिया दिपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
बर्षातको समयमा घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरीएर बुढाको मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।
दुई जना पुरीयको खबर प्राप्त हुने बित्तिकै प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी खटाइएको थियो भने प्रहरी र स्थानीय मिलेर शव निकालिएको थियो ।
उनिसँगै गएका अर्का ३९ बर्षिया कर्णबहादुर बोहोरा घाइते भएकाछन् ।
उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सेना पनि पुग्यो
घटना घटेसँगै मृतक र घाइतेका आफन्तहरु बेहोस भएको खबर प्राप्त भएपछि स्वास्थ्य सामग्री सहित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षाकालागि बसेको इश्वरी बक्स गुल्मको नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
मेडिकल टोली सहित सेना घटनास्थलमा पुगेर बेहोस भएकाहरुलाई प्राथामिक उपचार सुरु गरेको ४–५ घण्टा पछि सबै होसमा आएको र स्वास्थ्य अवस्था सुधार भएको रसी गाउँका स्थानीयले बताए ।
सबैको स्वास्थ्यमा सुधार आएसँगै सेनाले मृतक बुढाको शव बोकेर पोष्टमाडमकालागि सुलिगाडसम्म पु¥याएको र त्यसपछि मात्रै जिप्रका डोल्पाबाट आएको प्रहरीको टोलीले जिल्ला अस्पताल डोल्पामा पु¥याएको थियो ।
आधा दर्जन मान्छेहरु बेहोस हुन्जेलसम्म एकजना स्वास्थ्यकर्मी पनि नपुगेको खबर प्राप्त भएपछि सुलिगाडबाट सेनाको टोली खटाइएको थियो ।

प्रकाशित मिति : २०७७ साउन २६ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?