२०८० असोज ९ गते मङ्गलवार

डोल्पा प्रशासनद्धारा मास्क नलगाउने ३९ जनालाई कारवाही !



डोल्पा २५ साउन
देशका विभिन्न जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बड्दो गतिमा देखिएपछि डोल्पामा पनि सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।
विश्वरभर फैलिरहेको कारोना भाइरस समुदायस्तरमा नफैलियोस भनेर डोल्पामा सुरक्षा सतर्कता अपनाउन थालिएको हो ।
विशेष गरेर जिल्लाका दुनै,त्रिपुराकोट,जुफाल लगायतका बजार क्षेत्रमा सर्वधारणको चाप धेरैहुने भएकाले सामाजिक दुरी कायम गराउने देखि मास्क लगाएको नलगाएको समेत प्रहरीले निगरानि गर्न थालेको छ ।
पटक–पटक बजार क्षेत्रमा माइकिङ् गरेर सर्वसाधारणलाई कोरोना भाइरस बिरुद्ध सतर्कता अपनाउन जानकारी गराउने गरेतापनि कसैले पनि नटेरेपछि आइतबार देखि विशेष निगरानि राख्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
आइतबार मात्रै सदरमुकाम दुनैमा मास्क नलाएर हिँड्ने ३९ जनालाई कारवाही गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
मास्क नलगाउनेबाट तीन हजार नौ सय रकम उठेको प्रशासनले जनाएको छ ।
मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै एक सय जरीवाना समेत गराएर छोड्ने गरिएको प्रजिअ सुनारले बताए ।
“जरीवाना मात्रै गर्दैनौ,जिप्रकामा १ घण्टा राखेर कोरोना भाइरस सम्बन्धि जानकारी समेत गराउँछौँ,यसबाट लापरवाही गर्ने सर्वसाधारणहरु सतर्क भएका छन्”उनले भने ।
प्रहरी प्रशासनले मास्क लगाउनेलाई एक सय जरीवाना मात्रै होइन मास्क दिएर सधै लगाउन भनेर सम्झाएर पठाउनु पर्ने सरोकारवालाहरुको भनाई छ ।

प्रकाशित मिति : २०७७ साउन २५ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?