२०८० असोज ९ गते मङ्गलवार

जिल्ला भित्रने कामदारका कारण डोल्पामा कोरोनाकाे जोखिम बड्यो !



डोल्पा २३ साउन
लकडाउन खुला भएसँगै जिल्ला भित्रने कामदारका कारण डोल्पामा कोरोना भाइरस संक्रमणको जोखिम बडेको छ ।
छिमेकी जिल्ला रुकुम,जाजरकोट लगायतका जिल्लाहरुबाट कामको खोजिमा डोल्पा भित्रने कामदारहरु बाट कोरोना संक्रमण जोखिम बडेको हो ।
लकडाउन खुलेयतामात्रै एक हजार भन्दा धेरै मान्छेहरु भित्रिएको डोल्पा प्रवेश गर्ने नाकामा रहेको प्रहरी चौकी खदाङ्गले जानकारी दिएको छ ।
डोल्पामा कुन ठाउँमा कसले काम गराउने हो सबैको रेकर्ड राखेर कामदारलाई छाड्ने गरिएपनि कुनै परिक्षण नगरेरै गन्तब्यमा जान दिने गरिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपक केसीले जानकारी दिए ।
जिल्लाको निर्देशन अनुसारनै कामदारलाई छाडिएको उनको भनाई छ ।
कामको खोजिमा धमाधम नगरपालिका हुँदै जिल्ला भित्रन थालेपछि त्रिपुरासुन्दरी नगरपालिकाले पनि चिन्ता ब्यक्त गरेको छ ।
कुनै परीक्षण बिनानै जिल्लाका मुख्य बजार देखि गाउँघरसम्म मान्छेहरु पुगेकाले भारतबाट आएको पनि हुनसक्ने आशंका गरेको छ ।
भारत संक्रमण उच्च बिन्दुमा पुगिसकेपछि पनि रुकुम जारजरकोटमा पनि हजारौँ मान्छेहरु भित्रिएको र तिनै मान्छे घरमा कामबिहिन भएर डोल्पा भित्रिएको नागरिक समाज डाेल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
“उनिहरुबाट कोरोना संक्रमणको जोखिम बडेको छ,यस पटक यार्सागुम्बा संकलन नभएकाले डोल्पामा आर्थिक संकट छ,उनिहरुबाट कोरोना संक्रमणमात्रैको जोखिम छैन् सुरक्षा थ्रेट पनि उत्तिकै छ”उनले भने ।
काम गर्न आएपनि डोल्पाका स्थानीय सरकार र प्रशासनले समन्वय गरेर आर.डि.टि वा पि.सि.आर परिक्षण गरेरमात्रै गाउँगाउँमा जान दिनुपर्ने उनको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले लकडाउन खुलेपछि सर्वसाधारणहरु आवागमन स्वभाबैले बड्ने बताउँदै सुरक्षा सतर्कता पनि अपनाइ रहेको बताए ।
काम गर्न आउने मान्छे कहाँबाट आएका हुन्,कता जाने हुन,कसको जिम्मा जाने हुन् सम्बन्धित ठेकेदार स्थानीय तहलाई जिम्मा लगाउने गरिएको प्रजिअ सुनारले बताए ।
बर्षेनी रुकुम र जाजरकोटका हजारौँ सर्वसाधारणहरु भारतपछि डोल्पामा धेरै कामको खोजिमा आउने गर्दछन् ।
डोल्पामा यार्सागुम्बा संकलन गर्न देखि विकास निर्माणका कामहरुमा समेत रुकुम जाजरकोटकै मान्छेहरु प्रयोग हुने गर्दछन् ।
डोल्पामा हालसम्म चारजनालाई कोरोना संक्रमण देखिएकोमा एक जनाको मृत्यु भइसकेको छ भने तीन जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
कोरोना लागेका सबै निको भएपछि डोल्पा कोरोनामुक्त भएको छ ।

प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?