२०८० जेष्ठ १९ गते शुक्रवार

पाेखरामा मास्क बेचेर समाजसेवा गर्दै ८ बर्षिया प्रेन्सा रेग्मी,देश विदेशमा उनकाे प्रशंसा !



डाेल्पाा: घर म्याग्दी भई पोखरा पार्दीमा बस्दै आएकी ८ बर्षीया प्रेन्सा रेग्मी हाल निःशुल्क रुपमा मास्क वितरण अभियानमा जुटेकी छन्। कोरोनाबाट बच्न बचाउन मास्कको प्रयोग अनिवार्य भएको कुरा सामाजिक संजालबाट थाहा पाएकी ८ बर्षीया वालिका रेग्मीले आफ्नो बचत भएको केही रकमबाट मास्क बिक्रिसंगै आएको नाफाको मास्क वितरण गर्ने अभियानमा लागेकी हुन्।

रेग्मीको मास्क वितरण गर्ने अभियानमा काठमाण्डौंको बोधि सत्वा विहारले थप सहयोग गरेको छ । विहारका शान्त शर्मा, शिशु निकेतन बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत रेग्मी, उनका बाबु रामकृष्ण रेग्मी, पोखराका एक रेष्टुरेण्ट व्यवसायी श्याँम शेरचन लगायतको टोलीले सोमबार देखि पोखराका विभिन्न क्षेत्रमा निशुल्क रुपमा मास्क वितरण गरेको हो । टोलीले सोमबार, मंगलबार पोखराको महेन्द्रपुल, पृथ्बीचोक, पार्दी विरौटा लगायतका क्षेत्रमा मास्क नलगाइन हिडडुल गरेका बटुवाहरुलाई निःशुल्क मास्क वितरण गरिएको शर्माले बताए ।

शर्माले रेग्मीसंग ४ हजार मुल्य बराबरको मास्क खरिद गरी वितरण गर्न सुरु गरेका हुन्। शिशु निकेतन बोर्डिङ स्कुल कक्षा ३ मा अध्ययनरत रेग्मीले सुरुमा आफुसंग भएको १५ हजार त्यसमा बाबु रामकृष्ण, आमा जयन्तीबाट थप १५ हजार गरी ३० हजारको मास्क खरिद गरी बिक्रि भएको मास्कको नाफाको मास्क निःशुल्क रुपमा वितरण गर्दै आएकी छन्। कोरोनाको कारण देशमा लकडाउन भएको र कोरोनाबाट बच्न बचाउन मास्कले पनि केही रोकथानम गर्ने भएकोले गर्दा आफुले मास्क वितरण गर्ने अभियानमा लागेको रेग्मीले बताइन्। गरिब तथा विपन्न बर्गका व्यक्तिहरुलाई निशुल्क रुपमा आफ्नो कमाइको केही रकम मास्क खरिदमा खर्चिदै आएको रेग्मी बताउँ छिन् ।

हालसम्म आफ्नी छोरीले करिब ९ हजार मास्क निशुल्क रुपमा वितरण गरेको उनका बाबु रामकृष्ण रेग्मीले बताए । अरुबाट सहयोग लिनु भन्दा आफ्नी छोरीले सक्नेहरुलाई मास्क बिक्रि गरी त्यसबाट आएको नाफाको मास्क नै निशुल्क वितरण गर्ने अभियानमा लागेको बाबु रामकृष्णले बताए । आमा जयन्ती रेग्मीले आफ्नो छोरीको सामाजिक भावना देखेर आफुहरु छक्क परी उनको अभियानमा साथ र सहयोग गर्दै आएको बताइन् । आफ्नो छोरीको प्रशंसनीय कार्यबाट आफुहरु निकै प्रभावित हुने गरेको उनले जनाइन्। हाल वालिकाले दैनिक जसो ४ सय वटा मास्क विक्रि गर्ने गरेको उनका अभिभावकले बताए ।

१५ रुपैयामा उनले दुई वटा मास्क वितरण गर्ने गरेकी छन्। एउटा सर्जिकल मास्क बजारमा सामान्यतया १० रुपैयामा बिक्रि हुने गरेको छ । विहार र रेग्मीको मास्क वितरण अभियानमा पोखराका एक रेष्टुरेण्ट व्यवसायी श्याँम शेरचन र रेग्मीका बाबु रामकृष्णले समेत थप सहयोग गरेका थिए । विहारको पहलमा काठमाण्डौंमा करिब २० वटा भान्छाबाट २ लाख जनालाई निशुल्क खाना, ५१ हजार मास्क वितरण गरिएको शर्माले दाबी गरे । आइतबार काठमाण्डौंबाट पोखरा आएका शर्माले बाटोका धेरै ठाउँमा प्रहरी चौकी, ट्राफिक प्रहरी र स्वास्थ्य संघ संस्थालाई समेत मास्क वितरण गर्दै आएका थिए ।उनकाे याे असल कार्यकाे देश विदेशमा समेत प्रशंसा भएकाे छ ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?