२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पामा जातिय विभेदका घटना बडे,दलित भएकै कारण निर्घात कुटिदै !



डोल्पा ७ साउन
हिमाली जिल्ला डोल्पामा जातिय विभेदका घटना दिनप्रतिदिन बड्न थालेकाछन् ।
गाउँ,समाज र सार्वजानिक स्थानहरुमा दलित भएकै कारण गैह्र दलितहरुले अभद्र ब्यवहार सँगै कुटपिट गरेका घटना सार्वजानिक हुन् थालेका हुन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा मात्रै केही महिना यता जातिय विभेदलाई प्रशय दिने किसिमका छ वटा घटना घटेको दलित अधिकारकर्मी लिला टमाटाले बताए ।
कुकुरले धानको बेर्ना टेकेको देखि पशुले बाली खाएको निहुँमा समेत दलितहरु निर्घात कुटिनु परेको उनको भनाई छ ।
गत २२ गतेमात्रै वडा नं १ रल्लीमा पशुले बाली खाएको निहुँमा गैह्र दलितहरुले दलित माथि सामुहिक कुटपिट गरेका थिए ।
त्यसैगरि गत बर्ष फागुनमा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ ल्हाँमा बिवाह भतेरमा गएका बेला गैह्र दलितहरुले दलितलाई कुटपिट गरेको टमाटाले बताए ।

देशमा गणतन्त्र आइसक्दा समेत डोल्पामा निरन्तर जातिय विभेदका घटना दिनप्रतिदिन बड्न थालेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोधार्थ दिँदै त्रिपुरासुन्दरी नगरपालिकाको ध्यानाकर्षण समेत गराइएको छ ।
दलित अधिकारकर्मीहरुले सामुहिक रुपमा नगर उप–प्रमुख चन्द्राकुमारी बुढालाई धानाकर्षण पत्र बुझाउँदै गाउँ समाजमा दलित भएकै कारण घटिरहेका घटनाहरु प्रति गम्भिर बन्न आग्रह गरिएको छ ।
दलित अधिकारका बिषयमा स्थानीय सरकारनै गम्भिर नभएको डोल्पा दलित संघर्ष समिति डोल्पाका अध्यक्ष बमबहादुर सार्कीले बताए
जातिय विभेदका घटना स्थानीय सरकारका जनप्रतिनिधिसम्म आउने गरेतापनि सत्यतथ्य छानविन गरेर न्याय दिलाउने काम नगरेर घटनालाई दामसुम पार्ने काम जनप्रतिनिधिबाटै हुने गरेको उनको भनाई छ ।
त्यसैगरि दलित अधिकारकर्मी जयन्द्र विश्वकर्माले स्थानीय सरकारका कारण जातिय विभेदका घटनाहरुले कानुनि उपचार नपाउने र गाउँमै मिलाउने गरिएको बताए ।
“म स्यमं आफु पनि दलित हुँ,जातिय,लैंगिक विभेद लगायतका सामाजिक मुद्धाहरुलाई न्यायिक समितिमा पु¥याय पनि जातिय प्रभाव पारेर दलित सुमुदायका पिडितले न्याय नपाउने अवस्था छ”उनले भने ।
दलित अधिकार हनन एवं कुटपिटका घटनाहरु बड्दै गएको प्रति दुख ब्यक्त गर्दै यस्ता घटनाहरु आफुसम्म नआइपुगेको नगर उप– प्रमुख चन्दा कुमारी बुढाले बताइन् ।

दलित अधिकारका बिषयमा कुना कन्दरामा रहेका सर्वसाधारणलाई राम्रोसँग थाहा नभएर पनि यस्ता घटनाहरु दिनप्रतिदिन बड्न थालेको उनको भनाई छ ।

संविधानमा लेखिएको कानुनको उल्लघंन गरेर डोल्पामा घट्दै आएका जातिय विभेदका अधिकाशं घटनाहरु जनप्रतिनिधि, गाउँका भद्रभलाद्यिमिको रोहोबरमा दवाब दिएर प्रहरी चौकीमा मिलाउने दलित अधिकारकर्मीको भनाई छ ।
दुई साता अघि त्रिपुराकोटमा दलित माथि सामुहिक कुटपिट भएको घटना पनि प्रहरी चौकी त्रिपुराकोटमा मिलाइएको भन्दै आलोचना भएको छ ।रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?