२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पामा पुग्यो सलहको बथानः मकै र आलु नष्ट,बारीमा बसेर सलह धपाउँदै कृषक !

यार्सा टिप्न नपाएका डोल्पालीलाई सलहको सास्ती


डोल्पा २७ असार
हिमाली जिल्ला डोल्पामा पनि सहल किराको बथान पुगेको छ ।


छिमेकी जिल्ला रुकुम जाजरकोटमा पर्ने सिमावर्ती क्षेत्रमा पुगेको केही दिनमै डोल्पामा पनि सलहको बथाननै आइपुगेको हो ।
जिल्लाका मुड्केचुला गाउँपालिका,जगदुल्ला गाउँपालिका, काइके गाउँपालिका,त्रिपुरासुन्दरी नगरपालिका, ठुलिभेरी नगरपालिका सलह देखिएको छ ।


उपल्लो डोल्पामा भने सलह किरा नदेखिएको बताइएको छ ।
सलहले डोल्पामा मकै र आलु बारीमा क्षति पु¥याएको कृषकहरुले गुनासो गरेकाछन् ।
तल्लो भेगमा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिकामा सबैभन्दा धेरै सलह किराको बथान देखिएकाले क्षति पनि धेरै पु¥याएको स्थानीयले बताए ।
भदौ महिनामा पाक्नेगरि रोपिएका मकै बारीमै पुगेर सखाप पार्न थालेपछि कृषक चिन्तित भएका छन् ।
सुरुसुरुमा फाट्फुट देखिएपनि सहल बिहीबार बिहानैदेखि ठुलो झुण्डमा आलु र मकै बारीमा पसेर सबै खाएपछि कृषहरु चिन्तित भएको जगदुल्ला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले जानकारी दिए ।
हजारौँको सङ्ख्यामा आएका सलहलाई भाँडाकुँडी बजाएर भगाउन खोज्ना समेत नगएको कृषकहरुको कृषकहरुले दुखेसो पोखे ।
अहिले जगदुल्ला र मुड्केचुलाका कृषहरु बारीमै बसेर सलह किरा धपाउनै ठिक्कछन् ।
सलह किराले जगदुल्ला गाउँपालिकाका बिभिन्न क्षेत्रमा लगाइएको मकै र आलु बारीमा फिँजियर बारीनै सखाप पारेको कर्णाली प्रदेश सभा सांसद बिरबहादुर शाहीले जानकारी दिए ।
देश महामारी सँग जुधिरहेका बेला सलहले डोल्पामा लगाइएको बालीनाली नष्ट पारेकाले प्रदेश सरकारले क्षतिपुर्तिको ब्यवस्था गर्नुपर्ने उनको धारणा छ ।
“यस बर्ष डोल्पालीले यार्सागुम्बा पनि टिप्न पाएनन्,यसैपनि कसरी एकबर्ष भोरी आइपर्ने समस्या टार्ने भन्ने चिन्ता छ,त्यसमा पनि सलहले बालीनाली खाइदिँदा डोल्पाली कृषक मारमा परेकाछन्”शाहीले भने ।
यता कृषि बिकास कार्यालयले सलह भगाउने खास उपाय नभएकाले थाल बजाउने भगाउने यदि नगए छापेर मार्ने गर्न कृषकलाई सुझाएको छ ।
डोल्पाका सलहको प्रकोप र क्षतिका बिषयमा प्रदेश सरकारलाई निरन्तर जानकारी गराइरहेको कृषि बिकास कार्यालय प्रमुख भिमबहादुर धरालाले बताए ।

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?