
डोल्पा २६ असार
हिमाली जिल्ला डोल्पामा निर्माणाधिन पन्ध्र लाखको शौचालय निर्माणकार्य पुरा नहुँदै खण्डहरमा परिणत भएको छ ।
ठुलिभेरी नगरपालिका वडा नं ३ दुनैमा पर्ने नयाँ कारागार भवन नजिकै बन्न लागेको दुई कोठे सार्वजानिक शौचालय सम्पुर्ण निर्माणकार्य सम्पन्नहुनु अगावै भत्किएको हो ।
उक्त शौलालय कर्णाली प्रदेश उद्योग,पर्यटन बन तथा बाताबरण मन्त्रालयबाट डिभिजन बन कार्यालयमा आएको बजेटबाट निर्माणहुन लागेको हो ।
“शौचालयको सम्पुर्ण निर्माणकार्य सम्पन्न हुन दुई दिनमात्र बाँकी थियो,अरु बाहिरी संरचना निर्माण पुरा भइसकेको थियो,कामगर्दा गर्दै दिउसो बाह्र बजेतिर भत्कियो”कामको जिम्मा लिएका रुकुम आठबिसकोट नगरपालिका १४ का नरबहादुर मल्लले भने ।
“उपभोक्ता समितिबाट दश लाखमा जिम्मा लिएका हौँ,कार्यालयका प्राविधिकले भने अनुसारनै काम गरेका हौँ,कसरी भत्कियो हामिलाई थाहा छैन् ।”
“सबै गरेर नौ लाख बराबरको काम गरिसकेका छौँ,दुई लाखमात्र पेश्की लिएका थियौ,एक दुई दिनमै काम सम्पन्न गरेर अन्तिम भुक्तानि लिने सोच बनाएका थियौँ,गड्याङ्गुडुङ भत्कियो”उनले थपे ।
पेश्की दुई लाख बाहेक सबै लगानि हामिले गरेकाले बाकीँ रकम बिना झन्झट पाउने पर्ने उनको भनाई छ ।
शौचालयको कुल बजेट पन्ध लाख भएको र यसको बिस प्रतिशतमात्रै पेश्की दिइएको डिभिजन बन कार्यालयका प्रमुख जितेन्द्र महतले जानकारी दिए ।
असी प्रतिशत भुक्तानि हुन बाँकी रहेको बताउँदै भवन कसरी भत्क्यो भन्ने बिषयमा प्राविधिकलाई बुझ्नुपर्ने उनको धारणा छ ।रामचन्द्र न्यौपाने