
डोल्पा २५ असार
हिमाली जिल्ला डोल्पामा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
तल्लो डोल्पा अन्तर्गत मुड्केचुला गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवामा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।
पिसिआर परीक्षणकालागि स्वाब संकलन गरेर सुर्खेत पठाइएका २४ जनामा एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको निमित्त प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगीले बताए ।
एकजनाको रिपोर्ट पोजेटिभ आएसँगै गाउँपालिकामा प्रवेश गर्ने सम्पुर्ण नाकाहरु अनिश्चितकालिन रुपमा बन्द गरिएको उनले बताए ।
यस अघि डोल्पामा तीन जनाको कोरोना पुष्टि भइसकेको छ ।
तीन जना मध्ये जगदुल्ला गाउँपालिकाका एक बृद्धको मृत्यपछि कोरोना पुष्टि भएको थियो भने दुईजना अहिलेपनि सदरमुकाम दुनैमा बनाईएको आइसोलसनमा राखिएको छ ।
प्रकाशित मिति : २०७७ असार २५ गते बिहिवार