२०८० मङ्सिर १३ गते बुधवार

पत्रकार महासघं र जिल्ला अस्पताललाइ स्वास्थ्य सामाग्री सहयोग



डाेल्पा: डाेल्पामा पत्रकार महासघं र जिल्ला अस्पताललाइ स्वास्थ्य सामाग्रि हस्तान्तरण गरिएको छ । पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढा,पर्यटन ब्यवासायि जितेन्द्र झाँक्री र मनघरी फाउण्डेशनको सहयोगमा डोल्पाका पत्रकार र जिल्ला अस्पतालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
मनघरी फाउण्डेशनले डोल्पामा दोस्रो पटक स्वास्थ्य सामाग्री पठाएको हो । जिल्ला अस्पताललाइ २२ थान पीपीई,१२ थान फेसल सीट,५ थान केएन ९५ मास्क र नेपाल पत्रकार महासघंलाइ १४ थान प्रेस ज्याकेट,१५ थान सेनिटाईजर र १५ थान केएन ९५ मास्क एक कार्यक्रमका बिच जिल्लामा क्रियाशिल पत्रकारहरुलाइ बितरण गरिएको हो ।
डोल्पामा पुगेको स्वास्थ्य सामाग्रीका लागि पूर्व राज्यमन्त्री धनबहादुर बुढा,मनघरी फाउण्डेशनका सल्लाहकार बिर अस्पतालका उप निर्देशक डाक्टर रबिन खड्का,पर्यटन ब्यवासायी जितेन्द्र झाँक्री,राष्ट्रिय आबिष्कार केन्द्र र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले सहयोग गरेका हुन ।

नेपाल पत्रकार महासंघमा आबद्ध रहेर डोल्पामा कोरोना भाइरसको महामारिका बिचमा पनि काम गरि रहेका पत्रकारहरुले पहिलो पटक स्वास्थ्य सामाग्री पाउदा रिपोटिङमा थोरै भएपनि जोखीम कम हुने भन्दै नेपाल पत्रकार महासघं डोल्पा शाखाका अध्यक्ष बबिकिशोर गूरुङले सहयोगी सबैलाइ धन्यबाद ब्यक्त गरे ।
मनघरी फाउण्डेशनले डोल्पामा यस भन्दा पहिला पनि जिल्लाका सबै स्थानीयतहलाइ पीपीई तथा अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । जिल्लामा पत्रकारहरु पनि निकै जोखिममा रहेको भन्दै फाउण्डेशनले पत्रकारहरुका लागी पनि स्वास्थ्य सामाग्री सहयोग गर्न पाएको भन्दै मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले खुसी ब्यक्त गरे । थापाले भने सानो सहयोग भएपनी फर्नट लाइनमा रहेका पत्रकारहरुलाइ ठुलो सहयोग हुने आसा राखेको र भोलीका दिनमा पनि सहयोग हुने प्रतिबद्धता गरे ।
मनघरी फाउण्डेशनले यस भन्दा पहिला दैलेखमा दुई पटक स्वास्थ्य सामाग्री र नेपाल पत्रकार महासघं दैलेखलाइ पनि प्रेस ज्याकेट सहित अन्य स्वास्थ्य सामाग्रीहरु पठाएको अध्यक्ष थापाले जानकारी दिए ।

डोल्पामा आएको स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासघं डोल्पा शाखाले एक कार्यक्रम गरि जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढा र समाजसेवी लक्ष्मीकान्त उपाध्याय मार्फत जिल्ला अस्पताल र नेपाल पत्रकार महासघं डोल्पा शाखालाय हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको अवसरमा डोल्पा जिल्लाबाट निर्वाचीत संघिय संसद तथा पुर्व पर्यटन राज्य मन्त्री मा धन बहादुर बुढा,मनघरी फाउण्डेशन नेपाल, एक्सपोलोर डोल्पो ट्रेक को सहयोगमा १५ पिस सेनिटाईजर, १५ पिस मास्क, १४ पिस प्रेस ज्याकेट नेपाल पत्रकार महासंघ डोल्पाका अध्याक्ष बबि किशोर गुरुङ लाई मनघरी फाउण्डेसन का प्रतिनिधि तथा समाज सेवी लक्ष्मी कान्त उपाध्याले हस्तान्तरण गरेका हुन ।

महामारीको विचमा लडाई लडिरहेका स्वास्थ कर्मी आत्मवल बढाउन आग्रह गर्दै, यो जटिन अवस्थामा सामाग्री सहयोग गर्ने मनहरु प्रति समाज सेवी उपाध्याले धन्यवाद व्यक्त गरेका थिए । विभिन्न चुनौतीको साथ विभिन्न स्वास्थ कमीहरु कोरोना भाईरस विरुद्ध लडीरहेको समयमा सहयोगी मनहरु प्रति स्वास्थ सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावल र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले धन्यावाद दिएका थिए । यस्ता सहयोगले स्वास्थकर्मीहरुको थप मनोवल बढ्ने पनि उनिहरुको भनाई रहेको थियो ।

यसैविच नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहयोगमा १५ पिस मास्क र ४ पिस स्यानिटाईजर डोल्पा जिल्लामा कार्यरत विभिन्न पत्रकारहरुलाई हस्तान्तरण गरीएको छ ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, डोल्पा जिल्लाबाट निर्वाचीत संघिय संसद तथा पुर्व पर्यटन राज्य मन्त्री मा धन बहादुर बुढा, मनघरी फाउण्डेशन नेपाल, एक्सपोलोर डोल्पो ट्रेक यो महामारीको समयमा सहयोग गरेको प्रति नेपाल पत्रकार महासंघ डोल्पा शाखाले बिशेष धन्यवाद दिएको छ । यस सहयोगले डोल्पा जिल्लामा कार्यरत विभिन्न पत्रकारहरुको मनोवल बढेको,पत्रकारहरुमा थप उर्जा थपिएको नेपाल पत्रकार महासंघ डोल्पा शाखा का अध्यक्ष बबि किशोर गुरुङले बताए । कार्यक्रममा डोल्पा जिल्लाका विभिन्न संचार माध्यम आबद्ध पत्रकारहरुको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?