२०८० मङ्सिर १३ गते बुधवार

नेपाल ब्रेक समाचार प्रभाव:महंगाे भाडादर घट्याे,तीनसय पचास कायम ! 




डाेल्पाका अान्तरिक सडकखन्डमा सञ्चालित जीपकाे भाडादर घटेकाे छ ।
साेमबार बिहानै लकडाउनकाे माैका छाेपि दाेब्बर भाडा असुल्दै जीप ब्यवसायि, १४ किमि सडकमा अाठसय भाडा शिर्षकमा समाचार नेपाल ब्रेक अनलाइनमा प्रकाशित भएकाे केही समयमै भाडा घटेर पुरानै तीन सय पचास भाडा कायम भएकाे हाे ।
जीप ब्यवसायिहरुले सुपानी-दुनै,दुनै-सुपानी,जुफाल-दुनै र दुनै-जुफाल सडकखन्डमा अाइतबार बेलुकीसम्म प्रतिब्यक्ति अाठसय देखि एक हजारसम्म भाडा उठाईरहेका थिए ।
महंगो भाडादरका बिषयमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यलय डाेल्पाले तत्काल पुरानै निर्धारण गरिएको भाडादर कायम गराउन निर्देशन दिएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालयले निर्धारण गरिएको भाडाभन्दा एक रुपैयाँ पनि धेरै उठाउने जीप ब्यवसायिलाई तुरुन्तै कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएकाे छ ।
जीप ब्यवसायिले नागरिकको ढाड सेक्ने गरि असुल्दै अाएकाे भाडा घटेपछि नागरिकहरु खुशीहुनुका साथै जिल्ला प्रशासन कार्यलयलाई धन्यवाद दिएकाछन् ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?