२०८० मङ्सिर १३ गते बुधवार

डोल्पामा समुदायस्तरमा फैलिएको छैन कोरोना,चार सय तीन जनाकै रिपोर्ट नेगेटिभ !



डोल्पाबाट कोरोना परिक्षणकालागि पठाइएको चारसय तीन जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा जाँच गर्दा चार सय तीन जनाकै रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।


एकै पटक जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत ३१ र ३२ बर्षका दुई जना प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि उनिहरुसँग सम्पर्क रहेका सबैको स्वाब संकलन गरेर परिक्षणका लागि नेपालगञ्ज पठाइएको थियो ।
तीन दिन लगाएर स्वाब संकलन गरि परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएपछि आम डोल्पाली सर्वसाधारणमा कायम त्रास हटेको छ ।
ड्युटीमा रहेका प्रहरीमा कोरोना पोजेटिभ देखिए पछि जिल्ला बाहिरबाट आएका नागरिकबाट समुदायस्तरमै कोरोना फैलिएको आशंका गरिएको थियो ।
अहिले आइसोलेसनमा रहेका दुबै जनाको स्वास्थ्य अवस्था अरुबेला जस्तै सामान्य रहेको प्रजिअ सुनारले बताए ।
जिल्ला अस्पताल डोल्पाका प्रमुख डाक्टर सिजन रावलले चौध दिनपछि दुबै जनाको पनि कोरोना परिक्षण गरिने र रिपोर्ट नेगेटिभ आउने आसा रहेको बताए ।

प्रकाशित मिति : २०७७ असार २० गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?