२०८० चैत्र ६ गते मङ्गलवार

डोल्पामा ड्युटीमा खटिने प्रहरीमा कसरी भयाे कोरोना संक्रमण ? समुदायस्तरमा फैलिएको आशंका !

स्वास्थ्य अवस्था सामान्य


डोल्पा १७ असार
डोल्पामा दुई जना पुरुषलाई कोरोना पोजेटिभ देखिएपछि आम सर्वसाधारणमा त्रास फैलिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत बर्ष ३१ र ३२ का दुई जना प्रहरीको गत सोमबार मात्रै कोरोना पोजेटिभ देखिएपछि आम सर्वसधारणमा त्रास फैलिएको हो ।
ड्युटीमा खटिएका प्रहरीमाथि कोरोना संक्रमण पुष्टि भएपछि समुदायस्तरमै कोरोना फैलिएको प्रहरीको आशंका छ ।
“कोरोना देखिएका दुबै जना जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन्,एक जना ड्युटीमा खटिन्थे,एक जना फाँटमै बसेर काम गर्थे,उनिहरुलाई कसरी कोरोना संक्रमण हामि पनि अचम्ममा परेका छौ”प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले भने ।
“कोरोना समुदायस्तरमा फैलिएको आशंका छ,उनिहरुसँग सम्पर्कमा रहेका सबैको स्वाब संकलन गरेर पठाइएको छ,रिपोर्ट आइसकेपछि थप एकिन गर्न सकिन्छ ”उनले थपे ।
जिल्ला बाहिरबाट भित्रने नागरिकहरुबाटै प्रहरीमा कोरोना भाइरस सरेको हुनसक्ने उनको भनाई छ ।
दुनै,जुफाल र त्रिपुराकोटका ३ सय ६३ जना प्रहरी तथा सर्वसाधारणको स्वास्ब संकलन गरेर बुधवार समिट एयरमा पठाइएको छ ।
कोरोना संक्रमित दुबै जनालाई सुरक्षाकर्मीको निगरानिमा शिक्षा विकास तथा समन्वय इकाईको भनवनमा बनाइएको आइसोलेसनमा राखिएको छ ।
उनिहरु लकडाउन अवधिभर कतै पनि नगएर जिल्लामै बसेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
रिपोर्ट नआउन्जेल जिल्ला प्रहरी कार्यालय डोल्पा शिल गर्नुका साथै सदरमुकाम आवत जावतमा समेत कडाई गरिएको बताइएको छ ।
डोल्पाबाट पठाइएको सबै स्वाब भेरी अञ्चल अस्पताल नेपालगञ्जमा परीक्षण गरिने जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिए ।
जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गराउन सुर्खेत वा नेपालगञ्ज कता गर्ने भनेर ठाउँ नतोकिँदा अन्योल हुने गरेको उनले बताए ।
संक्रमित ढुक्क
कोरोना संक्रमित दुबैजनाको अवस्था अरुबेला जस्तै सामान्य रहेको प्रमुख जिल्ला अधिकारी सुरेस शुनारले जानकारी दिए ।
“संक्रमण पुष्टिको रिपोर्ट आए लगत्तै आइसोलेसनमा राखेका छौँ,हालसम्म उनिहरुलाई कोरोनाको कुनैपनि लक्षण देखिएको छैन्,दुबैजनाको अवस्था सामान्य छ”प्रजिअ शुनारले भने ।
“संक्रमित ढुक्कछन्,कसरी स¥यो भन्ने बिषयमा उनिहरुनै अचम्ममा परेकाछन्,परीक्षणका लागि पठाइएको सबैजनाको रिपोर्ट आइसके पछि बिस्तृतमा थाहा होला ”उनले थपे ।
अहिले संक्रमति दुबैजनाको स्वस्थ रहेको प्रजिअ सुनारले बताए ।
यस अघि पनि जगदुल्ला गाउँपालिकाका ५४ बषिर्य बृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?