२०८० चैत्र ६ गते मङ्गलवार

नगरपालिकाको डोजरमा व्यक्तिको रजाँई,पैँतालिस लाख उधारो !



डोल्पा-डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको डोजरमा व्यक्तिको रजाँइ भएको पाइएको छ । जारी आव सकिनै लाग्दा नगरपालिकालाई डोजरको प्रयोगको लाखौँ उधारो रकम उठाउन हम्मे–हम्मे भएको छ । नगरपालिकाको विकासको लागि करिब एक करोड मुल्यमा खरिद गरिएको डोजर विभिन्न निकायमा आवद्ध व्यक्ति तथा संस्थाहरुले निजि तथा सार्वजानिक प्रयाेजनका लागि प्रयोग गरेर रकम नतिरेको पाइएको हो । नगरको डोजर धेरैजसोले व्यक्तिगत कामका लागि प्रयोग गरेकाछन् ।

तुईनमा गाडि तार्ने देखि भवनको जग खन्ने,जग्गा बनाउने लगायतका काममा प्रयोग गरिएको छ । जारी आवमा मात्रै डोजर प्रयोग वाफतको चौवालिस लाख बहत्तर हजार रकम उठाउन बाँकी रहेको छ । केही दिन अघिमात्रै नगर उप–प्रमुख चन्द्राकुमारी बुुढाकाे संयााेजकत्वमा बसेको नगर राजश्व परामर्श समितिको बैठकमा डोजरको उठ्न बाँकी रकमका बृहत छलफल भएको थियो । उठ्न बाँकी रकमका बिषयलाई लिएर सरोकारवाला पक्षले तिब्र आलोचना गरेका छन् ।
आगामि नगर सभामा डोजर प्रयोग गरेर रकम नतिरेका सबैको नाम सार्वजानिक गरिने नगर उप– प्रमुख बुुुढाले बताइन् । नगरसभामा नाम सार्वजानिक गर्नु अघि डोजरका कर्मचारी खटाएर रकम उठाउन लगाउने र नउठेपछि नाम सार्वजानिक गर्ने उनको भनाई छ । डोजरका लागि मात्रै नगरपालिकाले तीन जना कर्मचारी नियुक्ति गरेको छ ।

“नगरको डोजरको लाखौँ उदारो छ,त्यहि रकम उठायर तलबभत्ता खुवाउनु पर्ने हो तर उदारो रकम नउठायरै कर्मचारी पालीरहेको छ” राजवश्व परामर्श समितिका सदस्य पुर्णकेशर न्यौपानेले बताए ।

नगरपालिकाको डोजर एउटै व्यक्तिले सड्चालीस घण्टासम्म प्रयोग गरेर रकम नतिरेको उदारो लिस्टमा देखिएको छ । सरकारी डोजर कर्मचारी,जनप्रतिनिधि,स्थानीय राजनितिज्ञ, बुद्धिजिवि लगायतका व्यक्तिले प्रयोग गरेर रकम नतिरेको पाइएको हो । डोजर खरिद गरेका जिल्लाका अन्य स्थानीय तहले पनि अहिलेसम्मकाे  आर्थिक लेखाजोखा जनतासामु सार्वजानिक गर्नुपर्ने डोल्पालीको धारणा छ ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?