२०८० मङ्सिर १३ गते बुधवार

त्रिपुराकोट बजार जलमग्न,बजारबासीले गरे आवत–आवत बन्द




डोल्पा ५ असार

त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा पर्ने त्रिपुराकोट बजार जलमग्न भएको छ ।
बिहिवार राति देखि अबिरल रुपमा परेको बर्षातका कारण त्रिपुराकोट बजार क्षेत्र जलमग्न भएको हो ।
बजार क्षेत्रमा पर्ने पुर्ण केशर न्यौपानेको घरको तल्लो तला पानी पसेर टिलपिल भएको छ भने आसपासका आधा दर्जन घरहरु डुवानमा पर्ने खतरा बडेको छ ।
थन्केर बसेको नगरपालिकाको डोजरलाई आधाघण्टा ढलनिकासमा पठाइदिन आग्रह गरेपनि पठाउन नमानेको बजारबासीले बताएकाछन् ।
बजार आसपासबाट आएको पानी भरीरएर आफ्नो घरमा पानी पसेर अन्नबाली पाठ्यपुस्तकहरु भिज्नुका साथै आसपासका घरहरु पनि डुवानमा पर्ने खतरा बडेको पुर्णकेशर न्यौपानेले बताए ।
नगरपालिकालाई बारम्बार ढल निकासकालागि बजारबासीले लिखित एवम् मौखिक जानकारी गराएपनि बेवास्ता गरेको न्यौपानेले गुनासो पोखे ।
बजारबासीको गुनासोलाई नगरपालिकाले बेवास्ता गरेको भन्दै दुबैतिरका सडकमा ठुल–ठुला काठ हालेर बाटो बन्द गरिएको छ ।
बजार क्षेत्रकै सडक बन्द भएपछि मालवाहक ट्«याक्टर, मोटरसाइकल लगायतका सवारी साधन आवतजावत ठप्प भएको छ ।
नगरपालिकाले ढल निकासको ब्यवस्थापन नगरेसम्म बाटो नखुलाउने बजारबासीले चेतावनी दिएकाछन् ।
प्रत्येक बर्ष बर्षायाम सुरु भएसँगै त्रिपुराकोट बजार क्षेत्र आकाशे पानीले जलमग्न हुने गर्दछन् ।
यता नगरप्रमुख ओमबहादुर बुढाले ढलनिकासका बिषयमा केहीगर्न नसक्ने भन्दै बजारबासीलाई जिल्ला प्रशासन कार्यालय जान सुझाव दिए ।
आफुहरुले बारम्बार अनुगमन गरेर सिमेन्ट पाइप लिएर पानी निकासको ब्यवस्थागर्न भने पनि बजारबासी आफै झगडा गरेर यस्तो अवस्था आएको नगरप्रमुख बुढाले बताए ।
नगरप्रमुखले सामान्य कुरामा समेत प्रशासन जान सुझाव दिएको भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पामा सामुहिक उजुरी दिने बताएकाछन् ।

प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?