२०८० जेष्ठ २७ गते शनिवार

चार महिना देखि रोग र भोगले ग्रस्त महिलाको उपचार हुँदै,सहयाेगकाे अपिल




रामचन्द्र न्यौपाने/डोल्पा ४ असार
चार महिना देखि रोग र भोगले पिडित डोल्पाका दुई बृद्ध महिलाको नेपालगञ्जमा उपचार सुरु गरिएको छ ।
दुनैका उद्योगी,ब्यवसायि र कर्मचारीहरुबाट सहयोग रकम संकलन गरेर उपचारकालागि नेपालगञ्ज पुगेका ठुलिभेरी नगरपालिका ३ बस्ने सिता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरीको भेरी अञ्चल अस्पतालमा उपचार सुरु गरिएको हो ।
लक्ष्मी बिरामि शाहीको कुरुवाको रुपमा गएपनि स्वास्थ्य कमजोरीका कारण उनि पनि बिरामि परेको बाग्लुङ्गका टिचन यात्री मगरले बताए ।
लम्बिदो लकडाउनका कारण पैसा सकिएर जंगलबाट बेल ल्याएर खानसुरु गरेको अवस्था थाहा पाएपछि विभिन्न सञ्चारमाध्याम मार्फत खाद्यान्न लगायतका सहयोग आफुले जुटाएको उनले बताए ।
अहिले कारकाँदो बस्दै आएकी बषन्ती रोकायको पहलमा उद्धार गरि दुबैको उपचार सुरु गरिएको हो ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ माइती भएकी रोकायले उनिहरुको पिडादायी अवस्था थाहा पाएपछि व्यक्तिगत पहलमा उपचार सुरु गरेकीहुन् ।
“राजाँ एयरपोर्टको एक कोठामा खाना सकिएर भोकभोकै परेको खबर समाचारमा थाहाँ पाए,त्यसपछि उनिहरुको पिडा देख्न नसकेर आफ्नो तर्फबाट पनि खाद्यान्नको प्रवन्ध्र गरे”रोकायले भनिन् ।
“उमेरले नेटो काटेका दुबैको रोग र भोगका कारण दर्दनाक अवस्था देखेपछि भेटेको केही दिनपछिनै आफ्नै घरमा ल्याए,उनिहरुसँग सबै कुरा बुझ्दा उपचार गर्न आएका रहेछन् ।”
“चन्दा उठाएर ल्याएको पैसा सबै सकिए पछि नेपालगञ्ज मेडिकल कलेजमा आधा उपचार गराएर फर्केछन्,अहिले व्यक्तिगत खर्च गरेर उपचारमा जुटेकी छु”उनले थपिन् ।
“सुरुमा पत्थरी भनेपनि रोग अझै पत्ता लागेको छैन,उनिहरुका आफन्त पनि कोही रहेनछन्, अहिलेसम्म पन्ध्र हजारसम्म खर्च गरिसकेको छु ।”
रोकायले आफु धेरै पैसावाला नभएको बताउँदै मानविय हिसाबमा उपचारका लागि अस्पताल पु¥याएकाले सहयोगका लागि सबैसँग आग्रह गरेकी छन् ।
एउटाको उपचार गर्दागर्दै अर्की पनि बिरामि परेको उनले बताइन् ।
सदरमुकाम दुनैमा वेवारीसे अवस्थामा सार्वजानिक कटेरोमा जीवन काटीरहेका दुबै जनालाई स्वास्थ्य उपचारकालागि भन्दै सहयोग संकलन गरेर चार महिना अघि नेपालगञ्ज पठाइएको थियो ।

प्रकाशित मिति : २०७७ असार ४ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?